निर्वाचनको तयारीमा जुट्न आयोगलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं ः प्रधानमन्त्री केपी ओलीले निर्वाचनको तयारी थाल्न निर्देशन दिएका छन्। शनिबार बालुवाटारमा बोलाएर निर्वाचन आयोगका पदाधिकारीले निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन्।

घोषित मितिमै निर्वाचन हुने भन्दै ओलीले आयोगका पदाधिकारीलाई निर्देशन दिएका हुन्। ओलीले देश निर्वाचनतर्फ अगाडि बढेको भन्दै आयोग पदाधिकारीलाई यस्तो निर्देशन दिएका हुन्।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीहरूलाई घोषित मितिमा निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘
आज बिहान बालुवाटारमा भएको उक्त भेटमा उहाँले निर्वाचन अपरिहार्य भएकाले नै मुलुक यसरी निर्वाचनतर्फ नै अघि बढेको स्पष्ट गर्नुभयो।’

आयोग पदाधिकारीसँगको भेटमा प्रधानमन्त्रीसँगै एमालेका शीर्ष नेता र आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासँगै पदाधिकारीको उपस्थिति थियो।

ताजा खबर

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ ३० वैशाख  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?