महाकाली नदीले निर्माण सामग्री बगाउँदा २० लाखको क्षति

महाकाली नदीमा आएको बाढीले दार्चुलाको श्रीवगडमा निर्माणाधीन तटबन्धको निर्माण सामग्री बगाएको छ ।

महाकालीमा आएको वहाबका कारण राजेन्द्र निर्माण सेवाले निर्माण गरिरहेको तटबन्ध निर्माण क्षेत्रको मिक्सर मेसिन, छड, सरिया, सिमेन्ट, फर्मालगायतका सामग्री नदीले बगाएको महाकाली नदी नियन्त्रण आयोजना प्रमुख शोभाकर पौडेलले बताए ।

“नदीले तटबन्ध पूरै ढाकेको छ, तटबन्धमा अन्य के–कति क्षति भएको बारे यकिन भएको छैन”, पाण्डेले भने, “अहिलेसम्म अनुमानित रु १५÷२० लाख बराबरको क्षति भएको छ । विसं २०७० को बाढीपछि नदी नियन्त्रण आयोजनाले पहिलो चरणमा खलङ्गाको नमस्कारबाट बङ्गाबगडसम्म तटबन्ध निर्माणको काम शुरु गरेको थियो ।

दोस्रो चरणमा खलङ्गा बाहिरका क्षेत्रमा निर्माण काम भइरहेको हो । श्रीवगडमा पनि बाढीले क्षति गरेको थियो । सो क्षेत्रमा तटबन्ध निर्माणदेखि तातोपानी धार्मिक क्षेत्र जोगाउने गरी तटबन्ध निर्माण भइरहेको थियो ।

निरन्तर वर्षा र भारतले धौलीगङ्गा परियोजनाको ड्याम खोलेका कारण आयोजनाको तटबन्धमा क्षति पुगेको हो ।

बिहीबार मात्रै भारतले धौलीगङ्गा जलविद्युत्को बाँध जुनसुकै बेला खुल्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गरेको थियो । यस्तै बङ्गाबगडमा ढुङ्गा खस्दा तटबन्धमा थोरै क्षति भएको आयोजनाले जनाएको छ ।

ताजा खबर

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी भारत प्रस्थान

कञ्चनपुर, ६ कार्तिक भारतको नोएडामा आयोजना हुने दोस्रो ओकिनावा...

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?