आजबाट सगरमाथाको आरोहण पुनः शुरू, केही अरोहीआजै शिखरमा पुग्न सक्ने

काठमाडौं, जेठ ८ गते । विगत दश दिनदेखि रोकिएको सगरमाथा आरोहण शनिबारबाट पुनः शुरु भएको छ । आरोही, गाइड र कामदारहरुमा कोरोना भाईरस ९कोभिड–१९० संक्रमण हुदाँ र ताउ–ते चक्रवतले मौसममा प्रभाव पारे पछि आरोहण स्थगित भएको थियो ।
१० दिन पछि सगरमाथाको चुचुरोमा आज आरोहीहरु पुग्ने सेभेन समिट ट्रेकका निर्देशक आधारशिविर मेनेजर टासि लाक्पा शेर्पाले जानकारी दिनुभयो । आरोहण लक्षका साथ शुक्रबारनै दर्जनौ आरोहीहरु चौथो क्याम्प पुगेर बसेको उहाँले जानकारी दिनुभयो । यस अघि बहराइका राजकुमार शेख मोहम्मद हमाल अलिफा सहित ५० जना भन्दा बढी आरोहीले आरोहण गरी सकेका छन् ।

बाँकी रहेका आरोहीहरुले भने आज ९शनिबार०बाट नियमीत रुपमा आरोहण गर्ने तयारीका साथ आधारशिविरबाट बाटो लागेको एजेन्सीहरुले भनाई छ ।
ताउ–ते सक्रवतले क्षति पुर्याउने भन्दै जल तथा मौसम विज्ञान विभागले पर्वतारोहीहरुलाई सतर्क हुन सूचित गरेका थिए । केही कोरोना संक्रमणका कारण पनि आरोहण स्थगित भएको थियो भने केही आरोहीहरु भने संक्रमित बने पछि आरोहण रद्ध गरी फिर्ता समेत भइ सकेका छन् ।

यस वर्ष ४४ आरोहण दलबाट ४०८ जना आरोहीले सगरमाथा आरोहण अनुमति लिएका छन् यो हालसम्मै सबैभन्दा धेरै संख्या भएको पर्यटन विभागको तथ्याङक छ । आरोहीमध्ये ३१५ पुरुष, ९२ जना महिला र एक जना तेस्रो लिंगी आरोही छन । सगरमाथाबाट मात्र यो सिजनमा ४९ करोड ६१ लाख ३१ हजार ७८७ रुपैयाँ राजस्व सङ्कलन भएको विभागको तथ्याङ्क छ ।

ताजा खबर

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राधा ओझाको निर्विरोध यात्रा, आगामी यात्राका लागी पार्टीसँग परामर्श गर्ने

महेन्द्रनगर । बैतडीको मेलौली नगरपालिकाकी निवर्तमान उपप्रमुख राधा ओझा...

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी भारत प्रस्थान

कञ्चनपुर, ६ कार्तिक भारतको नोएडामा आयोजना हुने दोस्रो ओकिनावा...

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?