आजबाट सगरमाथाको आरोहण पुनः शुरू, केही अरोहीआजै शिखरमा पुग्न सक्ने

काठमाडौं, जेठ ८ गते । विगत दश दिनदेखि रोकिएको सगरमाथा आरोहण शनिबारबाट पुनः शुरु भएको छ । आरोही, गाइड र कामदारहरुमा कोरोना भाईरस ९कोभिड–१९० संक्रमण हुदाँ र ताउ–ते चक्रवतले मौसममा प्रभाव पारे पछि आरोहण स्थगित भएको थियो ।
१० दिन पछि सगरमाथाको चुचुरोमा आज आरोहीहरु पुग्ने सेभेन समिट ट्रेकका निर्देशक आधारशिविर मेनेजर टासि लाक्पा शेर्पाले जानकारी दिनुभयो । आरोहण लक्षका साथ शुक्रबारनै दर्जनौ आरोहीहरु चौथो क्याम्प पुगेर बसेको उहाँले जानकारी दिनुभयो । यस अघि बहराइका राजकुमार शेख मोहम्मद हमाल अलिफा सहित ५० जना भन्दा बढी आरोहीले आरोहण गरी सकेका छन् ।

बाँकी रहेका आरोहीहरुले भने आज ९शनिबार०बाट नियमीत रुपमा आरोहण गर्ने तयारीका साथ आधारशिविरबाट बाटो लागेको एजेन्सीहरुले भनाई छ ।
ताउ–ते सक्रवतले क्षति पुर्याउने भन्दै जल तथा मौसम विज्ञान विभागले पर्वतारोहीहरुलाई सतर्क हुन सूचित गरेका थिए । केही कोरोना संक्रमणका कारण पनि आरोहण स्थगित भएको थियो भने केही आरोहीहरु भने संक्रमित बने पछि आरोहण रद्ध गरी फिर्ता समेत भइ सकेका छन् ।

यस वर्ष ४४ आरोहण दलबाट ४०८ जना आरोहीले सगरमाथा आरोहण अनुमति लिएका छन् यो हालसम्मै सबैभन्दा धेरै संख्या भएको पर्यटन विभागको तथ्याङक छ । आरोहीमध्ये ३१५ पुरुष, ९२ जना महिला र एक जना तेस्रो लिंगी आरोही छन । सगरमाथाबाट मात्र यो सिजनमा ४९ करोड ६१ लाख ३१ हजार ७८७ रुपैयाँ राजस्व सङ्कलन भएको विभागको तथ्याङ्क छ ।

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?