कञ्चनपुरमा आमहड्तालः मेयरदेखि –सांसदसम्म सडकमा

महेन्द्रनगर २२ माघ ।

पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल नेतृत्वको नेकपाले घोषणा गरेको आमहड्तालले जनजीवन प्रभावित भएको छ । बन्दको कार्यक्रममा मेयरदेखी विघटित प्रतिनिधि सभा सदस्य समेत पदर्शनमा उत्रेका छन् । कञ्चनपुरमा प्रचण्ड–नेपाल समूहका जनप्रतिनिधि आमहड्ताल सफल पार्न महेन्द्रनगगरको चम्मन चोकमा सडकमै बसेका छन् ।

विघटित प्रतिनिधि सभाका सदस्य डा. दीपक प्रकाश भट्ट, प्रदेश सभा सदस्य तारालामा तामाङ, पुर्व राज्यमन्त्री एंव प्रदेश सभा सदस्य प्रकाश रावल, वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्द लगायतका जनप्रतिनिधि सडकमा उत्रिएका हु्न ।

संवैधानिक निकायमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड–नेपाल समूहले बिहिवार देशभर आमहड्तालको घोषणा गरेको थियो ।

आमहड्तालले यातायात, उद्योग, कलकारखाना, विद्यालय, बजार नराम्रोसंग प्रभावित भएको हो ।

बन्दको जानकरी बेगर बिहानै विद्यालय, कलेज पुगेका विद्यार्थीहरु घर फर्किएका छन् ।

लामो तथा छोटो दुरीका यातायातका साधन चल्न सकेका छैनन् भने बजार पनि पूर्ण रुपमा बन्द भएको छ ।

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?