केरोनाले एकैदिन १२४८ को मृत्यु, ४८ हजारभन्दा बढी संक्रमित

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप एक हजार २४८ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ  ।

बिहीबार राति १०ः४० मा सार्वजनिक गरेको तथ्यांक अनुसार बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या  ८६ हजार नाघेको छ ।  बिहीबार सार्वजनिक  एकैदिनको मृतक संख्या महामारी यताकै तेस्रो सबैभन्दा बढी हो । नयाँ थपिएका मृतकसँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८६ हजाए १५  पुगेको छ । यो संख्या कोरोना संक्रमित भएको २८ दिनभित्र मृत्यु भएकाहरुको  तथ्याँकमा आधारित छ ।

एक हप्ताभित्र तीन हजार ४१७ जनाको मृत्यु भएको छ  । बुधबार एकैदिनमा एक हजार ५६४ जनाको मृत्यु भएको थियो जुन बेलायतमा महामारी शुरु भएयताकै सबैभन्दा बढी हो ।

यसैगरी पछिल्लो २४ घन्टामा थप ४८ हजार ६८२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । बेलायतमा करिब दुई साताअघिदेखि संक्रमितको संख्या ४० हजारमाथि रहँदै आएको छ ।

नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमित हुनेको संख्या ३२ लाख ६० हजार २५८ पुगेको छ ।

बेलायतमा कोरोना संक्रमण दर र मृत्यु दर अत्यधिक रुपमा बढेसँगै  फाइजर र अक्सफोर्डको खोपलाई तीव्रता दिइएको छ ।

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?