नेशनल लाईफ ईन्स्योरेन्सद्वारा १४ लाखको मृत्यु बिमा दाबि भुक्तानी

महेन्द्रनगर २८ पुस ।
नेशनल लाईफ ईन्स्योरेन्स द्वारा १४ लाखको मृत्यु बिमा दाबि भुक्तानी नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी महेन्द्रनगर शाखाले भिमदत्त नगरपालिका – १५ सत्यआदर्ष टोल बस्ने सुनिता देबि दमाई लाई रु १४ लाखको चेक घरमै गएर हस्तान्तरण गरेको छ ।

सुनिताको श्रीमान राजु दमाई बि स २०७६ सालमा बैदेशिक रोजगारिको लागि मलेशिया जाने क्रममा नेशनल लाईफ ईन्स्योरेन्स कम्पनि लिमिटेडमा बैदेशिक बिमा गरि जानुभएको थिया ।

बिदेशमा रोजगारिकै शिलशिलामा उहाको २०७७ मंसिरमा हृदयघातका कारणबाट मृत्यु भएको थियो। बिमित को मृत्यु पश्चात् परविारका ईच्चाएका ब्यक्ति उहाको पत्नि सुनिता देबि दमाई लाई भिमदत्त नगरपालिका १५ का वडा अध्यक्ष श्री भिम बहादुर साहु र नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी महेन्द्रनगर शाखाका शाखा प्रमुख नबिन किशोर भट्टले रु १४ लाख बरावरको चेक हस्तान्तरण गर्नुभएको छ ।

कार्यक्रममा माछापुच्छ्रे बैक शाखा रहित बैंकिङ्ग सेवा केन्द्र भि न पा १६ मझगाउका राजेन्द्र बहादुर चन्द , सत्यआदर्ष टोलका टेल अध्यक्ष लगाएत स्थानियको उपस्थित रहेको थियो।

नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी नेपालकै पहिलो र अग्रणी जिवनबिमा कम्पनि हो। स न १९८८ मा स्थापना भएको कम्पनीको प्रबर्द्धक पुर्ण सरकारि स्वामित्व प्राप्त राष्ट्रिय बाणिज्य बैंक रहेको छ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?