सुनका गहनाको लोभमा कञ्चनपुरकी खण्टीको हत्या

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–१ ढक्का की ७१ वर्षिया खण्टी भुलको हत्यामा संलग्न अभियुक्ताई प्रहरीले आज सार्वजनिक गरेको छ ।

शनिबार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले खण्टीको हत्या आरोपमा प्रकाउ परेका कैलालीको मोहन्याल गाउँपाालिका–५ घर भई हाल कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चानदेव ढक्का शिविर बस्ने ४९ वर्षिय दल बहादुर विकलाई सार्वजनिक गरेको हो ।

यहि पुस ११ गते आफ्नै घरमा टाउको फोरिएको विभत्स अवस्थामा खण्टीको लाश भेटिएको थियो ।

खण्टी घरमा एक्लै बस्दै आएकी थिइन् । उनका छोरा मजदुरीका लागि भारतको मुम्बईमा रहेको, बुहारी र नातिनी धनगढीमा बस्ने गरेको बताइएको छ ।

सुनको गहनाको लोभमा विकले खण्टीको हत्या गरेको अनुसन्धान बाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता एवम् प्रहरी नायव उपरिक्षक अमर बहादुर थापाले बताए ।

अनुसन्धानका क्रममा अभियुक्त विकका घरमा खानतलासी गर्दा मृतकले लगाएको दुई थान सुनका मुन्द्रा,एक थान तिलहरी र विकले हत्यामा प्रयोग गरेको धारीलो हयिार,चप्पल,बासुलो समेत फेला परेको प्रहरीले जनाएको छ ।

डिएसपी थापाका अनुसार मुतक घरमा एक्लै भएको मौका छोपि विकले धारीलो हतियारले उनिमाथि प्रहार गरि हत्या गरेर लगाएका सुनका गहना लुटी फरार भएका थिए ।

‘हाल सम्मको हाम्रो अनुसन्धानका अनुसार गहनाको लोभमा खण्टीको हत्या गरिएको खुलेको छ ।’ डिएसपी थापाले भने ‘अभियुक्त माथि थप अनुसन्धान भइरहेको छ ।’

 

 

 

ताजा खबर

एसईई उत्र्तिण विद्याथीलाई एलबिएको सम्मान

कञ्चनपुर, असार २८ कञ्चनपुरकोे एक निजी विद्यालयले माध्यामिक परीक्षा...

माओवादी केन्द्र भीमदत्त नगर ५को सम्मेलन, अध्यक्षमा तिरुवा

 कञ्चनपुर, असार २८ नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका ५नम्बर वडाको...

नवराज भट्टको काँधमा बैजनाथ मावि पिटिए

डिल्लीराज पन्त, असार २७ कञ्चनपुर महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालय...

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?