सुनका गहनाको लोभमा कञ्चनपुरकी खण्टीको हत्या

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–१ ढक्का की ७१ वर्षिया खण्टी भुलको हत्यामा संलग्न अभियुक्ताई प्रहरीले आज सार्वजनिक गरेको छ ।

शनिबार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले खण्टीको हत्या आरोपमा प्रकाउ परेका कैलालीको मोहन्याल गाउँपाालिका–५ घर भई हाल कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चानदेव ढक्का शिविर बस्ने ४९ वर्षिय दल बहादुर विकलाई सार्वजनिक गरेको हो ।

यहि पुस ११ गते आफ्नै घरमा टाउको फोरिएको विभत्स अवस्थामा खण्टीको लाश भेटिएको थियो ।

खण्टी घरमा एक्लै बस्दै आएकी थिइन् । उनका छोरा मजदुरीका लागि भारतको मुम्बईमा रहेको, बुहारी र नातिनी धनगढीमा बस्ने गरेको बताइएको छ ।

सुनको गहनाको लोभमा विकले खण्टीको हत्या गरेको अनुसन्धान बाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता एवम् प्रहरी नायव उपरिक्षक अमर बहादुर थापाले बताए ।

अनुसन्धानका क्रममा अभियुक्त विकका घरमा खानतलासी गर्दा मृतकले लगाएको दुई थान सुनका मुन्द्रा,एक थान तिलहरी र विकले हत्यामा प्रयोग गरेको धारीलो हयिार,चप्पल,बासुलो समेत फेला परेको प्रहरीले जनाएको छ ।

डिएसपी थापाका अनुसार मुतक घरमा एक्लै भएको मौका छोपि विकले धारीलो हतियारले उनिमाथि प्रहार गरि हत्या गरेर लगाएका सुनका गहना लुटी फरार भएका थिए ।

‘हाल सम्मको हाम्रो अनुसन्धानका अनुसार गहनाको लोभमा खण्टीको हत्या गरिएको खुलेको छ ।’ डिएसपी थापाले भने ‘अभियुक्त माथि थप अनुसन्धान भइरहेको छ ।’

 

 

 

ताजा खबर

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?