कञ्चनपुरको उदयदेव सहकारीले सुरु ग-यो मोबाइल बैकिङ्ग सेवा

महेन्द्रनगर । कञ्चनपुरको अब्बल सहकारी संस्था उदयदेवले मुवाईल बैकिङ्ग सेवा सुरु गरेको छ । उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले प्रविधिको युगसँगै सदस्यलाई कारोबारमा सहजता प्रदान गर्न मुवाईल बैकिङ्ग सेवा सुरु सेवा सुरु गरेको हो ।

सहकारीले शुक्रबार पत्रकार सम्भेलन गर्दै सेवाको औपचारिक रुपमा सुरु गरेको हो । सहकारी सिईओ (प्रमुख कार्यकारी अधिकृत) गणेश बहादुर चन्दले सहकारीलाई प्रविधिमा जोड्दै सेवा सहज तथा प्रभावकारी बनाउने उद्देश्यका साथ सेवा सञ्चालन गरिएको बताए ।

‘सहकारीको सेवालाई सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा पनि विस्तार गर्ने तयारी गरेको छौ ।’ सिईओ चन्दले भने ‘दुर्गम तथा गाँउसँम्म सहज रुपमा सेवा प्रदान गर्न मोबाइल बैकिङ्ग सुरु गरेका छौ ।’ गत कार्तिक २२ गते बसेको सहकारीको साधारण सभाले मुवाईल बैकिङ्ग सेवा सुरु गर्ने निणर्य गरेको थियो ।

मुवाईल बैकिङ्ग सेवामार्फत सहकारीका सदस्यले अनलाईन कारोबार, बिल भुक्तानी, फण्ड ट्रान्सफर, रिचार्ज गर्न सक्नेछन् । २०५६ सालमा स्थापना भएको उदयदेव सहकारी पाँच वटा सेवा केन्द्रसहित कञ्चनपुरमा विक्तिय सेवा प्रदान गरिरहेको छ ।

२५ जना शेयर सदस्यबाट सुरु भएको सहकारीमा हाल २३ हजार सात सय ३८ जना सदस्य रहेका छन् । भने ११ करोड शेयर पुजी सहकारीले एक अर्व आठ करोड ऋण लगानी गरेको सिईओ चन्दले बताए ।

साथै सहकारीले कोभिड संक्रमणपछि धरासायि बनेको व्यवसायिक क्षेत्रलाई उकास्न व्यवसाय पुनरस्थापना कर्जा कार्यक्रम सञ्चालनमा ल्याएको छ । जसमा पहिलो चरण अन्र्तगत १० करोड लगानी गरेको छ ।

त्यस्तै सहकारीका अध्यक्ष पुर्ण बहादुर चन्दले सहकारीले सेवा विस्तारसँगै प्रविधिमैत्री बनाउँदै लगिएको बताए । उनका अनुसार सहकारीले स्थानीयको विश्वास जित्दैँ सर्वसाधारणलाई वित्तिय पहुजमा जोड्दैँ आएको छ । साथै अगामी दिनमा पनि सहकारीलाई सबै क्षेत्रमा सहयोग पुग्ने उनले विशवास व्यक्त गरे ।

ताजा खबर

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

क्वारेन्टाइन र भन्सार छल्दै भित्रिन्छन् भारतीय कृषि उपज, नेपाली किसानको उत्पादनले पाउँदैन बजार

कञ्चनपुरका कागती किसानको गुनासो : ‘हामीले पसिना बगाएर उत्पादन...

भारतमा हुने सांस्कृतिक महोत्सवमा करन सिंह पाल प्रमुख अतिथिका रूपमा सहभागी हुने

कञ्चनपुर। सामाजिक अभियन्ता तथा घुसुडी महोत्सवका संयोजक करन सिंह...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?