सुदूरपश्चिममा चार महिनामा लागुऔषध सहित ६५ जना प्रकाउ

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा ४ महिनामा मात्रै लागुऔषध सहित ६५ जना प्रकाउ परेका छन् । चालु आर्थिक वर्ष २०७७/०७८ को साउँन देखी कार्तिक १७ गते सम्मको अवधिमा मात्रै प्रदेशबाट ६५ जना लागुऔषध सहित प्रकाउ परेका सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ ।

प्रदेशका विभिन्न जिल्ला तथा स्थानबाट लागुऔषध बेचविखन,ओसारपसार तथा सेवन गर्दै गरेको अवस्थामा चार महिनामा ६५ जनालाई प्रकाउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवत्ता एवम् प्रहरी वरिष्ठ उपरिक्षक मुकेश सिंहले बताए ।

उनकाअनुसार गत अर्थिक वर्ष ०७६/०७७ मा प्रदेशबाट २ सय ४५ जना प्रकाउ परेका थिए । ‘चालु आर्थिक वर्षको कार्तिक १७ गते सम्मको अवधिमा प्रदेशका विभिन्न स्थानबाट प्रहरीले २५ किलोग्राम गाँजा,३ सय ४७ ग्राम चरेश,४ सय ७२ ग्राम हेरोईन,१ हजार ९ सय ७६ मि.ग्राम हेरोईन, १ हजार १ सय १५ नाईट्राभेट ट्याबलेट,८७ स्पास्मो लगाएतका लागुऔषध सहित ५९ जना पुरुष, २ जना महिला,र ३ जना भारतिय नागरिक गरी जम्मा ६५ जना प्रकाउ परेका छन् ।’ एसएसपी सिंहले भने ‘सबै भन्दा बढी कञ्चनपुरबाट प्रकाउ परेका छन् ।’

कञ्चनपुरबाट ३ जना भारतिय नागरिक सहित,४० जना पुरुष, एक महिला गरी ४४ जना, कैलालीबाट १६ जना पुरुष प्रकाउ गरिएको एसएसपी सिंहले बताए । यस्तै बझाङबाट २ जना पुरुष, बैतडीबाट २ जना पुरुष,दार्चुलाबाट २ जना पुरुष र अछामबाट एक जना पुरुष प्रकाउ गरिएको छ ।  डोटी,डडेल्धुरा र बैतडीबाट भने लागुऔषध सहित चालुआर्थिक वर्षको हाल सम्म एक जना पनि प्रकाउ परेका छैनन् ।

एसएसपी सिंहका अनुसार प्रकाउ पर्नेमा २० देखी ४५ वर्ष उमेर समुहका मानिस बढी रहेका छन् । सामाजिक सञ्जालको दुरुपयोग, बेरोजगारी लगाएका कारणले लागुऔषध प्रयोगकर्ता तथा बेचविखन गर्ने बढीहरेका एसएसपी सिंहले बताए ।

‘सामाजिक सञ्जालको दुरुपयोग,बेरोजगारी, अभिभावकले आफ्ना बच्चाको ख्याल नगर्दा पछिल्लो समय युवायुवती लागुऔषधमा फस्ने गरेका छन् ।’ एसएसपी सिंहले भने ‘ अभिभावकले कम्तिमा पनि आफ्ना बच्चा के गरिरहको छ, को संग संगत गरिरहेको छ भन्ने कुरामा ध्यान दिन जरुरी छ ।’

प्रहरीले यसको न्यूनिकरणका लागि निरन्तर जनचेतनामुलक कार्यक्रम गर्ने गरेको छ । यद्यपी यसको पूर्ण न्यूनिकरणका लागि अभिभावक,साथीभाई,शिक्षक,समाजसेवी,पत्रकार सबैले आ–आफ्नो क्षेत्रबाट खट्नु पर्ने एसएसपी सिंहले बताए ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?