सुदूरपश्चिममा चार महिनामा लागुऔषध सहित ६५ जना प्रकाउ

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा ४ महिनामा मात्रै लागुऔषध सहित ६५ जना प्रकाउ परेका छन् । चालु आर्थिक वर्ष २०७७/०७८ को साउँन देखी कार्तिक १७ गते सम्मको अवधिमा मात्रै प्रदेशबाट ६५ जना लागुऔषध सहित प्रकाउ परेका सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ ।

प्रदेशका विभिन्न जिल्ला तथा स्थानबाट लागुऔषध बेचविखन,ओसारपसार तथा सेवन गर्दै गरेको अवस्थामा चार महिनामा ६५ जनालाई प्रकाउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवत्ता एवम् प्रहरी वरिष्ठ उपरिक्षक मुकेश सिंहले बताए ।

उनकाअनुसार गत अर्थिक वर्ष ०७६/०७७ मा प्रदेशबाट २ सय ४५ जना प्रकाउ परेका थिए । ‘चालु आर्थिक वर्षको कार्तिक १७ गते सम्मको अवधिमा प्रदेशका विभिन्न स्थानबाट प्रहरीले २५ किलोग्राम गाँजा,३ सय ४७ ग्राम चरेश,४ सय ७२ ग्राम हेरोईन,१ हजार ९ सय ७६ मि.ग्राम हेरोईन, १ हजार १ सय १५ नाईट्राभेट ट्याबलेट,८७ स्पास्मो लगाएतका लागुऔषध सहित ५९ जना पुरुष, २ जना महिला,र ३ जना भारतिय नागरिक गरी जम्मा ६५ जना प्रकाउ परेका छन् ।’ एसएसपी सिंहले भने ‘सबै भन्दा बढी कञ्चनपुरबाट प्रकाउ परेका छन् ।’

कञ्चनपुरबाट ३ जना भारतिय नागरिक सहित,४० जना पुरुष, एक महिला गरी ४४ जना, कैलालीबाट १६ जना पुरुष प्रकाउ गरिएको एसएसपी सिंहले बताए । यस्तै बझाङबाट २ जना पुरुष, बैतडीबाट २ जना पुरुष,दार्चुलाबाट २ जना पुरुष र अछामबाट एक जना पुरुष प्रकाउ गरिएको छ ।  डोटी,डडेल्धुरा र बैतडीबाट भने लागुऔषध सहित चालुआर्थिक वर्षको हाल सम्म एक जना पनि प्रकाउ परेका छैनन् ।

एसएसपी सिंहका अनुसार प्रकाउ पर्नेमा २० देखी ४५ वर्ष उमेर समुहका मानिस बढी रहेका छन् । सामाजिक सञ्जालको दुरुपयोग, बेरोजगारी लगाएका कारणले लागुऔषध प्रयोगकर्ता तथा बेचविखन गर्ने बढीहरेका एसएसपी सिंहले बताए ।

‘सामाजिक सञ्जालको दुरुपयोग,बेरोजगारी, अभिभावकले आफ्ना बच्चाको ख्याल नगर्दा पछिल्लो समय युवायुवती लागुऔषधमा फस्ने गरेका छन् ।’ एसएसपी सिंहले भने ‘ अभिभावकले कम्तिमा पनि आफ्ना बच्चा के गरिरहको छ, को संग संगत गरिरहेको छ भन्ने कुरामा ध्यान दिन जरुरी छ ।’

प्रहरीले यसको न्यूनिकरणका लागि निरन्तर जनचेतनामुलक कार्यक्रम गर्ने गरेको छ । यद्यपी यसको पूर्ण न्यूनिकरणका लागि अभिभावक,साथीभाई,शिक्षक,समाजसेवी,पत्रकार सबैले आ–आफ्नो क्षेत्रबाट खट्नु पर्ने एसएसपी सिंहले बताए ।

ताजा खबर

मंगलबार झलारीमा शुक्लाफाँटा कृषि व्यापार मेला

कल्पना साउद, कार्तिक २४ मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि,...

भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग

आदित्य जोशी, कञ्चनपुर, कार्तिक २४ भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल...

सवारी दुर्घटना न्यूनिकरण गर्न भवानी कालिकाको प्रयास

धर्मराज कठायत कञ्चनपुर, कार्तिक २४ कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना...

ग्रामिण भेगका महिलाको अधिकारको मुद्दा उठानका लागि मियो बन्दै सामुदायिक सुरक्षा जालो

कल्पना साउद कञ्चनपुर, २३ कार्तिक कञ्चनपुरका ग्रामिण भेगका महिलाको...

लक्ष्मी मावि बागफाँटामा चार कोठे भवन

शुनिल राना कार्तिक २१ महेन्द्रनगर । शुनिल राना, कार्तिक २१...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?