कञ्चनपुरमा लकडाउन अवधिमा मात्रै लागुऔषध सहित ५३ जना प्रकाउ

महेन्द्रनगर । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस रोकथामका लागि सरकारले चैत ११ गते यता गरेको लकडाउन अवधिमा मात्रै कञ्चनपुरमा लागुऔषध सहित ५३ जना प्रकाउ परेका छन् ।

लकडाउन अवधिमा मात्रै जिल्लाका विभिन्न स्थानबाट लागुऔषध बेचविखन,ओसारपसार तथा सेवन गर्दै गरेको अवस्थामा ५३ जनालाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएइको छ ।

लकडाउन अवधिको (चैत देखी भदौ ) सम्ममा जिल्लाका विभिन्न स्थान बाट लागुऔषध सेवन,बेचविखन तथा ओसारपसार गरिरहेको अवस्थामा ३ जना भारतिय नागरिक,एक महिला सहित ५३ जनालाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवत्ता एवम् प्रहरी नायव उपरिक्षक अमर बहादुर थापा क्षेत्रीले बताए ।

उनले भने ‘लकडाउनको ६ महिना अवधिमा मात्र २४ दशमलव ४९ ग्राम चरेस, १०३ दशमलव ०३८ ग्राम हेरोइन, २ सय ४ ट्याब्लेट नाइट्रोभेट र ८० ट्याब्लेट स्पास्मो सहित ५३ जना प्रकाउ परेका छन् ।’

डिएसपी थापाका अनुसार प्रकाउ पर्नेमा २४ देखी ४५ वर्ष उमेर समुहका मानिस बढी रहेका छन् । सामाजिक सञ्जालको दुरुपयोग, बेरोजगारी लगाएका कारणले लागुऔषध प्रयोगकर्ता तथा बेचविखन गर्ने बढीहरेका डिएसपी थापाले बताए ।

‘सामाजिक सञ्जालको दुरुपयोग,बेरोजगारी, अभिभावकले आफ्ना बच्चाको ख्याल नगर्दा पछिल्लो समय युवायुवती लागुऔषधमा फस्ने गरेका छन् ।’ डिएसपी थापाले भने ‘ अभिभावकले कम्तिमा पनि आफ्ना बच्चा के गरिरहको छ, को संग संगत गरिरहेको छ भन्ने कुरामा ध्यान दिन जरुरी छ ।’

प्रहरीले यसको न्यूनिकरणका लागि निरन्तर जनचेतनामुलक कार्यक्रम गर्ने गरेको छ ।

यद्यपी यसको पूर्ण न्यूनिकरणका लागि अभिभावक,साथीभाई,शिक्षक,समाजसेवी,पत्रकार सबैले आ–आफ्नो क्षेत्रबाट खट्नु पर्ने डिएसपी थापाले बताए ।

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?