कोरोनाका कारण कञ्चनपुरकी सुत्केरी महिलाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरकी २९ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ।

महेन्द्रनगर २ कञ्चनपुरकी सुत्केरीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।

उनले एक छोरा र एक छोरी जन्माएकी थिइन्। बच्चा जन्मेपछि उनलाई उच्च रक्तस्रावको समस्या भएको थियो।

उनको पाठेघरको अप्रेशन गरी ८ प्वाइन्ट रगत दिइएको महेन्द्रनगरस्थित सेती अस्पताल प्रशासनले जानकारी दिएको छ।

गत असोज १४ गते उनको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।

रिपोर्ट पोजेटिभ आएपछि उनलाई थप उपचारका लागि लागि बाँकेस्थित शिक्षण अस्पताल कोहलपुर पठाइएको थियो।

असोज १५ गते बेलुका ४ बजे भर्ना गर्दा उनको अवस्था जटिल बनिसकेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।रासस/फाइल फोटो 

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?