कोरोनाका कारण कञ्चनपुरकी सुत्केरी महिलाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरकी २९ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ।

महेन्द्रनगर २ कञ्चनपुरकी सुत्केरीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।

उनले एक छोरा र एक छोरी जन्माएकी थिइन्। बच्चा जन्मेपछि उनलाई उच्च रक्तस्रावको समस्या भएको थियो।

उनको पाठेघरको अप्रेशन गरी ८ प्वाइन्ट रगत दिइएको महेन्द्रनगरस्थित सेती अस्पताल प्रशासनले जानकारी दिएको छ।

गत असोज १४ गते उनको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।

रिपोर्ट पोजेटिभ आएपछि उनलाई थप उपचारका लागि लागि बाँकेस्थित शिक्षण अस्पताल कोहलपुर पठाइएको थियो।

असोज १५ गते बेलुका ४ बजे भर्ना गर्दा उनको अवस्था जटिल बनिसकेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।रासस/फाइल फोटो 

ताजा खबर

शान्ति निकेतनका विद्यार्थीलाई विद्यालय झोला वितरण 

कञ्चनपुुरको भीमदत्त नगरपालिका ६ ऐठपुरको शान्ति निकेतन माध्यामिक विद्यालयका...

स्थानीय सरकारले वेवास्ता गरेपछी युवा आफै जुटे सडक मर्मतमा

कञ्चनपुर ३२, असार स्थानीय सरकार तथा सरोकारवाला निकायले वेवास्ता गरेपछी...

कृषिको यथेष्ट तथ्याङ्कमा जोड

कञ्चनपुर, असार ३१ कञ्चनपुरका सरोकारवालाहरुले कृषिकोे यथेष्ट तथ्याङ्कमा जोडदिएका छन...

प्रेस सेन्टरद्वारा घाईते पत्रकार ऐरीको उपचारका लागि आर्थिक सहयोग

सञ्जु महर, असार ३१ कञ्चनपुरका घाईते पत्रकारलाई आर्थिक सहयोग गरिएको...

कञ्चनपुरमा हुने तस्करी सशस्त्र प्रहरीले देखेन, किसानका ६० बिरुवामाथि आँखा गाड्यो ः युवा उद्यमी बम

कञ्चनपुर, ३० असार । कञ्चनपुरका एक स्थानीयले भारतको गोबिन्द बल्लभ...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?