कोरोनाबाट थप ११ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ५ सय नाघ्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या ५ सय नाघेको छ ।

आज थप ११ जना मृतक थपिएसँगै नेपालमा कुल मृतकको संख्या ५ सय ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १० पुरुष र एक महिला गरी ११ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बाँकेमा ३४ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै काठमाडौं उपत्यकामा चारजना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौंमा ७८ र ६८ वर्षिय पुरुष, भक्तपुरमा ४८ वर्षिय र ललितपुरमा ४८ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै सुनसरी र रुपन्देहीमा तीन — तीन जनाको मृत्यु भएको छ । सुनसरीमा ५६, ५० र २७ वर्षिय पुरुषको मृत्यु भएको छ । रुपन्देहीमा ८०, ५५ र ४२ वर्षिय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

आज १ हजार ९ सय ११ जनामा संक्रमण देखिएको छ ।

आज देशभरी १ हजार ९ सय ११ जना कोरोना भाइरसका संक्रमित थपिएका छन । १२ हजार ४ सय ४४ पीसीआर परीक्षण भएकोमा ६ सय २८ र पुरुष १ हजार २ सय ८३ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा ८ स १७, ललितुरमा ६८ र भक्तपुरमा ५८ जनामा संक्रमण देखिएको छ ।

संस्थागत आइसोलेनमा प्रदेश नम्बर १ मा ४ सय १३, प्रदेश नम्बर २ मा ५ सय ९२, बागमती प्रदेशमा ७ हजार ६ सय ८८ र गण्डकी प्रदेशमा ४ सय ८१ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ८ सय ६३, कर्णाली प्रदेशमा ३ सय ३६ र सुदुरपश्चिम प्रदेशमा ३ सय ८८ गरी देशभरी १० हजार ७ सय ६१ जना रहेका छन् ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ६ सय, प्रदेश नम्बर २ मा ५ सय ८३, बागमती प्रदेशमा ६ हजार ६ सय ४७ र गण्डकी प्रदेशमा ५ सय ३२ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय ८१, कर्णाली प्रदेशमा २ सय ६५ र सुदुरपश्चिम प्रदेशमा १ सय ६१ गरी देशभरी ११ हजार ६९ जना होम आइसोलेसनमा रहेका छन् ।

आज ९ सय ६१ डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा ५ हजार १ सय २४, प्रदेश नम्बर २ मा १३ हजार ८ सय ९८, बागमती प्रदेशमा १६ हजार ९० र गण्डकी प्रदेशमा ३ हजार ३ सय ७९ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ८ हजार ९ सय ११, कर्णाली प्रदेशमा २ हजार ९ सय ६८ र सुदुरपश्चिम प्रदेशमा ७ हजार १९ जना गरी आजसम्म ५७ हजार ३ सय ८९ जना डिस्चार्ज भएका छन् । हिमालय टाइम्स

ताजा खबर

तिलाचौरका समाजसेवी युवा उद्यमी देउवाले बनाईदिए निजी लगानीमा खानेपानी योजना 

सन्जु महर कञ्चनपुर, ३० जेठ कञ्चनपुरका एक युवाले निजी लगानीमा खानेपानी...

बहुमतको युवा संगठनद्वारा न्यायाधिश थारुलाई मोसो

कञ्चनपुर, जेठ २९ नेकपा बहुमत निकट युवा संगठनले उच्च...

जन्मदिनको अवसरमा भीमदत्त २का निर्वतमान वडाध्यक्ष कार्कीद्वारा क्यान्सरपीडितलाई उपचार खर्च 

कञ्चनपुर, जेठ २९  कञ्चनपुरका युवा एव भीमदत्त नगरका निर्वतमान एक...

भीमदत्तमा सडक बत्ती, जनतालाई सहता सगै दुर्घटनाबाट सुरक्षित बन्दै  

कञ्चनपुर, २९ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा सडक बत्ती जडान...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?