सुदूरपश्चिमाञ्चल विश्वविद्यायलले अब अनलाईनबाटै परिक्षा लिने

मदन गिरी

महेन्द्रनगर १४ भदौ । सुदूरपश्चिमाञ्चल विश्वविद्यायलले आउदाँे अशोजबाट परिक्षा सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयले कोरोना संक्रमणको महामारी र लगडाउनका कारण विद्युतीय माध्यमबाट परिक्षा सञ्चालन गर्ने भएको हो ।

विश्वविद्यालयका रजिष्ट्रार डा. गोविन्दसिंह विष्टले अनलाईनबाटै विद्यार्थीको परिक्षा गर्न तयारी अन्तिम चरणमा रहेको बताए । उनका अनुसार कोरोना संक्रमण कहिलेसम्म रहने अनिश्चत नभएपछि शैक्षिकशस्त्र खेर जान नदिन अनलाईन परिक्षा गर्न लागिएको हो ।

विश्वविद्यालयले आईतबार सुचना जारी गर्दै सबै परिक्षा अनलाईनबाट गर्ने तयारी भईरहेकाले विद्यार्थीलाई तयारीमा जुट्न आग्रह समेत गरेको छ ।
सुचनामा अशोजदेखि विद्युतीय माध्यमबाट परिक्षा सञ्चालन गर्र्ने निणर्य भएको भन्दैँ विश्वविद्यालयले आफु अध्ययनरत क्याम्पस र विभागसँग सम्पर्क गरि परिक्षाको तयारी जुट्न विद्यार्थीलाई सुचित गराएको छ ।

रजिष्ट्रार विष्टका अनुसार अनलाईन परिक्षामा सहभागी हुन नेटवर्क समस्या भएका विद्यार्थीका लागि आईसिटी सेन्टरको स्थापना भईरहेको छ । घरबाटै अनलाईन परिक्षामा सहभागि हुन नसक्ने परिक्षार्थीले आईसिटी सेन्टरमा गएर परिक्षा दिन सक्नेछन् । आईसिटी सेन्टरको लागि ६ विभाग र १५ वटा क्याम्पसलाई आवश्यक बजेट पठाएर व्यवस्थापन लाग्न निर्देशन गरिएको उनको भनाई छ ।

त्यस्तै अनलाईन परिक्षाका लागि विश्वविद्यालयले सिकाई व्यवस्थापन प्रणाली नामक सफ्टवयर समेत निर्माण गरिएको जनाएको छ । सफ्टवयरमार्फत परिक्षार्थीलाई व्यक्तिगत ईमेलमा प्रश्नपत्र पठाईने छ । परिक्षार्थीले तोकिएको समय अवधिभित्र उत्तरपुस्तीका स्क्यान गरि ईमेलमार्फत परिक्षा नियन्त्रण कार्यालयलाई पठाउनु पर्नेछ ।

‘कोरोनाको महामारी कहिले सम्म रहन्छ भन्ने टुङ्गो छैन्, यसलाई पर्खेर बसे शैक्षिकशस्त्र खेर जान्छ ।’ रजिष्ट्रार विष्टले भने ‘विश्वविद्यालयले शैक्षिकशस्त्र खेर जान नदीन र अनलाईन सिकाई प्रणालिको विकास गर्न विद्युतीयमाध्यमबाट शिक्षण र परिक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।’

अनलाईन परिक्षका लागि तयारी गर्न विद्यार्थीलाई निर्देशन दिदैँ रजिष्ट्रार विष्टले सहयोगका लागि अभिभावक, बुद्धिजिवि लगायतका सरोकारवाला निकायलाई आग्रह समेत गरेका छन् ।

यस्तो छ सुचना

ताजा खबर

जनश्रमदानबाट क्रिकेट अभ्यास पिच निर्माण, युवालाई खेलकुदमार्फत सकारात्मक बाटोमा जोड्ने अभियान

कञ्चनपुर, ६ भदौ  भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित जनश्रमदानमा क्रिकेट अभ्यास पिच...

सुदूरपश्चिम विश्वविद्यालयमा पाठ्यक्रमदेखि पूर्वाधार विकाससम्म सुधारको पहल

कञ्चनपुर ०२ भाद्र सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै पाठ्यक्रम, प्रशासनिक...

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?