दोधारा–चाँदनीमा अज्ञात रोगले ८ जनाको मृत्यु,समुदायमा त्रास

महेन्द्रनगर । कञ्चनपुरको माहाकाली नगरपालिकामा उच्च ज्वरोका कारण ८ जनाकोे मृत्यु भएको छ । १५ दिनको अवधिमा उच्च ज्वरो देखिएका ८ जनाको मृत्यु भएको माहाकाली नगरपालिकाका नगर उपप्रमुख चिनि गिरीले बताइन् । उनका अनुसार वडा नम्बर ७ का १३ वर्षीया पूजा बोगटी, वडा नम्बर ५ का ६५ वर्षीय गम्भीर भण्डारी, वडा नम्बर ४ का २१ वर्षीय प्रेम चन्द, वडा नम्बर १ का १५ वर्षीय पंकज चन्द, २५ वर्षीय मोहन दमाई, वडा नम्बर ३ का ३० वर्षीय मानबहादुर सुनार, ७५ वर्षीय तुलसिंह थापा र ३८ वर्षीय रतन बुढामगरको मृत्यु भएको छ । मृतक ८ जनामध्ये ६ जना दोधारा–चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रको सम्पर्कमा आएका हुन् भने दुई जना बाहिरका हुन् । ज्वरो आएपछि उपचारका लागि दोधारा–चाँदनी प्राथमिक स्वास्थ्य केन्द्र आएका ६ जनालाई अन्यत्र रेफर गरिएको थियो । अन्यत्र अस्पताल रेफर गरिएका उनीहरु केहीको उपचार तथा केहीको अस्पतालबाट घर आए पछि मृत्यु भएको उपमेयर गिरीले बताइन् । प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार मृतकहरुमा उच्च ज्वरो, स्मरण शक्ति कम र डब्लूबिसिको मात्रा बढि हुने लक्षण देखिएको छ । ती लक्षण देखिएको दुई/तीन दिनभित्रै उनीहरुको मृत्यु भएको पाइएको छ ।

रोग पहिचान भएन

उच्च ज्वरो लक्षण देखिएका बिरामीको मृत्यु भएको दुई साता बितिसक्दा पनि अहिलेसम्म रोगको पहिचान हुन सकेको छैन् । चिकित्सकहरु विभिन्न कारण देखाउदै पन्छिन खोजिरहेका छन् । दोधारा–चाँदनीमा पछिल्लो केही दिन यता ज्वरोका बिरामी दिनप्रतिदिन बढ्दै गएका छन् । ‘प्राथमिक स्वास्थ्य केन्द्रमा दिनमा १०÷१५ जना ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । उच्च ज्वरो तथा जटिल प्रकृतिका बिरामीलाई यताबाट रेफर गरिदिने गर्छौ ।’ माहाकाली नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले भने । अज्ञात रोगका कारण मृत्यु हुन थाले पछि समुदायमा त्रास फैलिएको छ । अहिलेसम्म उच्च ज्वरोका ९ बिरामी अस्पतालको सम्पर्कमा आएको माहाकाली नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख जय बहादुर महराले बताए । उनका अनुसार तीमध्ये ८ जनाको मृत्यु भएको छ । साउन अन्तिम सातादेखि उच्च ज्वरोका बिरामी अस्पतालको सम्पर्कमा आएका हुन् । समस्या विकराल बन्दै गएपछि रोग पहिचानमा सहयोगका लागि जिल्ला, प्रदेश र केन्द्र सरकारलाई पत्राचार गरिएको नगर प्रवक्ता सिजालीले जानकारी दिए । रोगको पहिचान हुन नसक्दा त्रासको अवस्था सिर्जना भएको उनले बताए ।

परीक्षणका लागि नमूना काठमाडौँ पठाइयो

स्वास्थ्य कार्यालय कञ्चनपुरले जापानिज इन्फ्लाइटिस परीक्षणका लागि बिरामीको नमूना काठमाडौँ पठाएको जनाएको छ । तर रिपोर्ट भने अझै प्राप्त नभएको कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले बताए । ‘उच्च ज्वरो भएकोले कोरोनाको आशंका हुन्छ । कोरोना परीक्षणका लागि स्वाब लिनु पर्ने थियो । तर लिइएन ।’ उनले भने, ‘जापनिज इन्फ्लाइटिस परीक्षणका लागि नमूना काठमाडौँ पठाएका छौँ ।’ कोभिड–१९ महामारी भए पनि आफूहरुले बिरामीमा देखिएका लक्षणबाट मेनिन्जाइटिस र जापानिज इन्फ्लाइटिसको आशंका गरेको चिकित्सकको भनाई छ ।

कोरोना परीक्षणका लागि स्वाब लिइएन

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए पनि दोधारा–चाँदनीस्थित अस्पताल पुगेका बिरामीको संक्रमण परीक्षणका लागि स्वाब भने नलिएको पाइएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि कोरोना परीक्षणका लागि स्वाब संकलन पर्ने हुन्छ । यद्यपी उनीहरुको स्वाब भने संकलन नगरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । ‘उच्च ज्वरो कोरोना भाइरसको लक्षण भए पनि अन्य लक्षण भने कोरोना भाइरससँग नमिलेका कारण स्वाब लिएनौँ । अहिले उहाँहरुको अन्त्यष्टी भइसकेको छ,’ उनले भने, ‘मृतकमध्ये एक जनामा मस्तिष्क ज्वरो पुष्टि भएकाले पनि स्वाब नलिइएको हो ।’ उनका अनुसार मृतकहरुमा उच्च ज्वरो सहित मस्तिष्क ज्वरोका प्रमुख लक्षण देखिएका थियो । ‘उच्च ज्वरो कोरोनाको लक्षण पनि हो तर ज्वरोसंँग अरु कुनै लक्षण नदेखिएकाले हामीले स्वाब लिएनौँ । रेफर गरिएका अस्पतालले स्वाब लिएका हुनसक्छन्’ उनले भने, ‘पोजेटिभ वा नेगेटिभ रिपोर्ट के आयो भनि जानकारी अहिलेसम्म आएको छैन् ।’ मृतकहरुको आन्तरिक ट्राभल हिस्ट्री रहेको छ । यता स्वास्थ्य कार्यालय कञ्चनपुरले भने उच्च ज्वरो देखिएपछि कोरोनाको आशंका हुने भएकाले स्वाब संकलन गरेर परीक्षण गर्नु पर्ने बताएको छ । अब आउने बिरामीको कोरोना परीक्षणको लागि स्वाब संकलन गर्न निर्देशन दिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ फोकल पर्सन भट्टले बताए ।

ताजा खबर

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

गड्डाचौकीमा नाकामा एकिकृत चेक पोष्ट निर्माण गरिने

कञ्चनपुर, २३ पौष सुदुरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको गड्डाचौकीमा नाकामा एकिकृत...

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता ः छात्रा भलिबल तर्फ लक्ष्मीमावि बागफाँटा प्रथम

शुनिल राना, 20 कञ्चनपुर भीमदत्त नगरपालिकाले सचालन गरेको १६ औँ...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?