लकडाउनमा समस्यामा परेका विपन्न नागरिकलाई पोषिलो खाना खुवाउदै माईती नेपाल


पहिलाद राना
कञ्चनपुर, ११ भदौँ
लकडाउनका समयमा संकटमा परेका १४ हजार बढी नागरिकलाई पोषिलो खाना खुवाईएको छ । माईती नेपालले कञ्चनपुरका १४ हजार ४४ जना नागरिकलाई पोषिलो खाना खुवाएको हो ।
माइती नेपाल कञ्चनपुरले अति विपन्न परिवारका लागि सामुदायिक भान्सा अभियान संचालन गरेर लकडाउनका कारण समस्यामा परेका गर्भवति महिला, जेष्ठ नागरिक, बालबालिकालाई खाना खुवाएको जनाएको छ । माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले लकडाउनका कारण दैनिक ज्यालादारी, मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका समस्यामा परेका परिवारका लागि सामुदायिक रुपमा खाना खुवाउने अभियान संचालन गरेर खाना खुवाईएको बताईन् ।

संयोजक भट्टले कञ्चनपुरका पाँच स्थानीय तहमा रहेका अति विपन्न परिवारलाई खाना खुवाईएको बताईन् । संयोजक भट्टका अनुसार भीमदत्त नगरपालिका १० हजार, ५ सय ४०, महाकाली नगरपालिका ८ सय १२, बेदकोट नगरपालिका ४ सय ५६, शुक्लाफाँटा नगरपालिका र लालझाडी गाँउपालिकामा रहेका आरक्षपीडित शिबिरका २ हजार १ सय ४८ जनालार्इै खान खुवाईएको छ । सबैभन्दा बढि भीमदत्त नगरपालिका १८ सालघारी सुकुमबासी बस्तीमा ७ हजार ९४ जनालाई खाना खुवाईएको छ । भात, दाल, साग हरियो तरकारी, सलाद, शुद्ध खानेपानी र फलफुल सहितको खानाको प्याकेज खुवाईएको थियो ।

हजार ३ सय ६३ किशोरी, ३ हजार ६१ किशोर, ६ हजार ३ सय ७८ महिला र १ सय ५४ जना पुरुषलाई खाना खुवाईएको थियो ।
६ हजार ८ सय ९९ दतिल, ४ हजार ४ सय २३ जनजाति, १ हजार ७ सय ७ क्षेत्री, ५ सय १९ ब्रम्हमण, २ सय ४५ ठकुरी, १ सय ४८ मुसहर लगायत बाँकी अन्य सामुदायले अभियानबाट लाभ लिएका छन् ।
‘लकडाउन र पछिको समयमा ५६ दिनसम्म अतिविपन्न परिवारका महिला, बालबालिका, असाह्य, वृद्ध तथा एकल महिलालाई एकछाक पोषिलो खाना खुवाएका छौँ, ‘संयोजक भट्टले भनिन, ‘हाम्रो मुल उदेश्य समस्यामा परेकालाई एक छाक भएपनि पौष्टिक आहारा खुवाउने थियो ।’

समस्यामा परेको बस्तीमा सातदिनसम्म पनि निरन्तर खाना खुवाएको उनले बताईन् । ‘आर्थिक अवस्था कमजोर भएका र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने परिवारलाई बढि प्राथमिकतामा राखेर अभियान संचालन गरेका छौँ, ‘उनले भने, ‘अभियानमा स्थानीय सरकार लगायत सरकारी निकायले सहयोग गरेका छन् ।’ कोरोना रोगसंग लड्नका लागि पनि पोषिलो खाना खुवाउने अभियान थालिएको संयोजक भट्टले बताईन् ।
‘धेरैजसो क्षेत्रमा लकडाउनका कारण मजदुर विपन्न नागरिकलाई साँझ बिहानको छाक र्टान समस्या परेको थियो’ संयोजक भट्टले भनिन, ‘संकटका बेला हामीले खुवाउने एकछाक पोषिलो खानाले पनि उहाँहरुलाई धेरै ठूलो सहयोग गर्ने हामीले आशा गरेका छौ ।’

माईती नेपाल कञ्चनपुरको बिहीबार उक्त अभियान भीमदत्त नगरपालिका १८सालघारीमा पुगेर समापन गरिएको छ । समापनको दिन ८८ जना विपन्न समुदायका महिलालाई खाना खुवाईएको छ । । पोषिलो खाना पाएसँगै खुशी भएका स्थानीयले हर्ष व्यक्त गरेका छन् । माईती नेपाल कञ्चनपुरको अभियान साँच्चिकै विवाह गरेकी छोरी माईती घर जाँदा जति स्वागत र मिठो मसिनो भोजन खुवाईन्छ, उस्तै तरिकारले लकडाउनमा समस्यामा परेका महिला र बालबालिकालाई खुवाएको अनुभव पोखेका छन् । स्थानीयले अझैपनि कार्यक्रम संचालनमा जोडदिएका छन् ।
स्थानीय तहले पनि माईती नेपाल कञ्चनपुरको अभियान सरानिय भएको बताएका छन् । भीमदत्त नगरका उप प्रमुख शुशिला चन्द९सिह०ले बन्दाबन्दीका कारण मारमा रहेका महिला तथा बालबालिकालाई पोषिलो खाना वितरण कार्य राम्रो भएको बताईन् ।

उपमेयर सिहले सरकारले कोरोना नियन्त्रणका लागि लकडाउन गरेको बताउदै त्यसको प्रत्यक्ष मारमा दैनक ज्यादारी, मजदूरी गर्ने परिवार परेकाले यस्तो अभियानले उनीहरुलाई सहयोग पुगेको बताईन् । एक छाक भएपनि संकटमा परेका परिवारका लागि ठुलो राहत पुगेको उप प्रमुख सिहले बताईन् । कोरोना भाइरस अन्य रोग र विपत्ती जस्तो नभएकाले बताउदै यसबाट जोखिन सबैले भौतिक दूरी र सुरक्षाका उपायहरु अवलम्वन गर्नु पर्नेमा सुझाव दिईन् । माईती नेपाल कञ्चनपुरले यस्ता समाजिक कार्यक्तम आगामी दिनमा पनि निरन्तरता दिईने जनाएको छ । माईती नेपाल कोरोना भन्दा अघि चेलिबेटी बेचबिखन तथा ओसापोसार बिरुद्ध सीमा क्षर्ेत्रमा खटिएर निरन्तर निगरानी एव रोकथामका लागि कार्य गर्दै आएको यस पटक कोरोना कहरले खाना पकाउने वितरणमा जुटेकोछ ।

ताजा खबर

भुमि समस्या समाधान आयोगमा कञ्चनपुरबाट सिजाली विज्ञ सदस्यमा नियुक्त

  दोधारा ३० माघ । सरकारले भुमि व्यवस्थापन समस्याको निवाकरण समिति...

दोधारा चाँदनीमा एकल महिलाहरुलाई आत्मनिर्भर बनाउन झोल साबुन र डल्ले साबुन बनाउने तालिम 

पप्पु गुरुङ्ग दाेधारा २९ माघ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा...

नेपाल उद्योग व्यापार महासंघद्धारा आयोजित मेला २०८१ सफलता पूर्वक सम्पन्न

धन सिंह धामी कञ्चनपुर २८ माघ । कञ्चनपुरको महेन्द्रनगर खुला...

कैलालीको धनगढीमा प्रदेश स्तरीय कृषि तथा पशुपन्छी प्रदर्शनी मेला शुरु

  कञ्चनपुर २८ माघ । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक प्रदेश स्तरीय...

नेपाल शिक्षक संगठन दोधारा चाँदनीको तेस्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पन्त

पप्पु गुरुङ्ग दोधारा २८ माघ । ‘गौरवशाली बिगत, चुनौतीपुर्ण बर्तमान,...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?