६ दशक पछि महाकाली अस्पतालमा आइसियू सेवा !

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा सघन उपचार सेवा  (आइसियू) सञ्चालनको अन्तिम तयारी गरिएको छ ।

अस्पताल स्थापनाको झण्डै ६ दशक पछि आइसियू सेवा सञ्चालनमा आउन लागेको हो ।

यही महिना देखि आइसियू सञ्चालनको तयारी भइरहेको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर)ले बताए ।

‘अस्थायी ओक्सिजन जडान गरेर आइसियू सञ्चालन गर्ने तयारी गरेका छौँ, भदौँ १५ गते औपचारिक उद्घाटन कार्यक्रम तय भएको छ ।’ उनले भने ।

आइसियू उपकरण जडान भएर पनि जनशक्ति अभावमा वषौँ देखी अस्पतालमा आइसियू सञ्चालमा आउन सकेको थिएन ।

जिल्लाका नागरिक अगुवा, अस्पताल व्यवस्थापनको पहलमा अस्पतालको इतिहासमा नै सबैभन्दा ठूलो सेवा प्रदान गर्न अन्तिम कसरत भइरहेको अध्यक्ष जोशीले बताए ।

बिगतमा बिशेषज्ञ डाक्टरको अभावमा  रिफर सेन्टरका रुपमा रहेको महाकाली अस्पतालमा नयाँ व्यवस्थापन समिति आएसंगै अस्पताल विकासको गतिमा छ ।

आइसियू सञ्चालनमा आउन लागे पछि यहाँका स्थानीय खुसि भएका छन् ।

आइसियूका लागि अब अन्यत्र जानु पर्ने बाध्यता हट्ने अस्पतालले जनाउको छ ।

 

 

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?