६ दशक पछि महाकाली अस्पतालमा आइसियू सेवा !

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा सघन उपचार सेवा  (आइसियू) सञ्चालनको अन्तिम तयारी गरिएको छ ।

अस्पताल स्थापनाको झण्डै ६ दशक पछि आइसियू सेवा सञ्चालनमा आउन लागेको हो ।

यही महिना देखि आइसियू सञ्चालनको तयारी भइरहेको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर)ले बताए ।

‘अस्थायी ओक्सिजन जडान गरेर आइसियू सञ्चालन गर्ने तयारी गरेका छौँ, भदौँ १५ गते औपचारिक उद्घाटन कार्यक्रम तय भएको छ ।’ उनले भने ।

आइसियू उपकरण जडान भएर पनि जनशक्ति अभावमा वषौँ देखी अस्पतालमा आइसियू सञ्चालमा आउन सकेको थिएन ।

जिल्लाका नागरिक अगुवा, अस्पताल व्यवस्थापनको पहलमा अस्पतालको इतिहासमा नै सबैभन्दा ठूलो सेवा प्रदान गर्न अन्तिम कसरत भइरहेको अध्यक्ष जोशीले बताए ।

बिगतमा बिशेषज्ञ डाक्टरको अभावमा  रिफर सेन्टरका रुपमा रहेको महाकाली अस्पतालमा नयाँ व्यवस्थापन समिति आएसंगै अस्पताल विकासको गतिमा छ ।

आइसियू सञ्चालनमा आउन लागे पछि यहाँका स्थानीय खुसि भएका छन् ।

आइसियूका लागि अब अन्यत्र जानु पर्ने बाध्यता हट्ने अस्पतालले जनाउको छ ।

 

 

ताजा खबर

नवराज भट्टको काँधमा बैजनाथ मावि पिटिए

डिल्लीराज पन्त, असार २७ कञ्चनपुर महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालय...

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

गुगुल्डि वाङमणी प्रतिष्ठानद्धारा पत्रकार केसीलाई सम्मान

धन सिह धामी,२५ असार । कञ्चनपुरका युवा पत्रकार भाष्कर केसीलाई...

एमालेका मेयर धामीका छोरा र कृषि शाखा प्रमुखले जिउँदै मान्छे मरेको भन्दै फर्जी कागजात बनाए

उपेश सिंह धामी कञ्चनपुर, असार २५ भ्रष्टाचार गर्न मान्छे कतिसम्म गर्दा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?