डडेल्धुरामा गरिएको परिक्षणमा एकैदिन ४७ जनामा कोरोना पुष्टि

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा थप ४७ जनामा कोरोना पुष्टि भएको छ ।

विहिबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा एकैदिन ४७ जनामा कोरोना पुष्टि भएको हो ।

डडेल्धुरा अस्पतालका अनुसार अछामका ३०,डोटीका १६ र डडेल्धुराका एक जनामा कोरोना पुष्टि भएको छ ।

अछामको साँफेबगर नगरपालिकाका १५ जना,मेल्लेक गाउँपालिकाका १५ जना गरी जम्मा ३० जनामा कोरोना पुष्टि भएको डडेल्धुरा अस्पताल कोभिड–१९ परिक्षण प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रशाद भूषालले बताए ।

त्यस्तै डोटीको आदर्श गाउँपालिकाका १६ र डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै सुदूरपश्चिमा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ६० पुगेको छ ।

प्रदेशमा हालसम्म जम्मा संक्रमित मध्ये ४ हजार ३ सय ४३ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् भने ९ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

ताजा खबर

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

क्वारेन्टाइन र भन्सार छल्दै भित्रिन्छन् भारतीय कृषि उपज, नेपाली किसानको उत्पादनले पाउँदैन बजार

कञ्चनपुरका कागती किसानको गुनासो : ‘हामीले पसिना बगाएर उत्पादन...

भारतमा हुने सांस्कृतिक महोत्सवमा करन सिंह पाल प्रमुख अतिथिका रूपमा सहभागी हुने

कञ्चनपुर। सामाजिक अभियन्ता तथा घुसुडी महोत्सवका संयोजक करन सिंह...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?