डडेल्धुरामा गरिएको परिक्षणमा एकैदिन ४७ जनामा कोरोना पुष्टि

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा थप ४७ जनामा कोरोना पुष्टि भएको छ ।

विहिबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा एकैदिन ४७ जनामा कोरोना पुष्टि भएको हो ।

डडेल्धुरा अस्पतालका अनुसार अछामका ३०,डोटीका १६ र डडेल्धुराका एक जनामा कोरोना पुष्टि भएको छ ।

अछामको साँफेबगर नगरपालिकाका १५ जना,मेल्लेक गाउँपालिकाका १५ जना गरी जम्मा ३० जनामा कोरोना पुष्टि भएको डडेल्धुरा अस्पताल कोभिड–१९ परिक्षण प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रशाद भूषालले बताए ।

त्यस्तै डोटीको आदर्श गाउँपालिकाका १६ र डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै सुदूरपश्चिमा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ६० पुगेको छ ।

प्रदेशमा हालसम्म जम्मा संक्रमित मध्ये ४ हजार ३ सय ४३ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् भने ९ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

ताजा खबर

कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक...

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं भदौ,  २६ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको...

हट्यो,उपत्यकामा दिउँसोको कर्फ्यु

भदौ २७ काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसोको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?