अन्तराष्ट्रिय युवा दिवसको अवसरमा मदन चोकमा दिप प्रज्वलन

महेन्द्रनगर २८ साउन । २० औँ अन्तराष्ट्रिय युवा दिवसको अवसरमा कञ्चनपुरको महेन्द्रनगरमा दिप प्रज्वलन गरिएको छ । सुदूपश्चिम युवा सञ्जाल र नमुना युवा सांसद भीमदत्त नगरपालिकाको आयोजनामा महेन्द्रनगरको मदन चोकमा दिप प्रज्वलन गरिएको हो ।

बुधबार युवा दिवसका अवसरमा उक्त कार्यक्रम गरिएको युवा सञ्जालका सुदूरपश्चिम अध्यक्ष बाशुदेव भट्टले बताए । उनका अनुसार कोरोनाको महामारीका कारण अन्य कार्यक्रम गर्न नसकिएको अवस्थामा दिप प्रज्वलन गरिएको बताए ।

‘युवा दिवस आम युवाका लागि उत्साहको दिन हो ‘ अध्यक्ष भट्टले भने ‘कोभिड १९ का कारण हाम्रा पुर्व निर्धारित कार्यक्रम गर्न समेनौँ, महामारीका बेला सबै युवाले एकजुट भएर महामारीको सामना गर्न पर्छ

दिप प्रज्वलन कार्यक्रममा अनेरास्ववियुका कञ्चनपुर सह संयोजक ओम बस्नेत, नमुना युवा सांसद भीमदत्तका प्रभानमन्त्री नितेश रावल, अनेरास्ववियुका रोहित गजुरेल, खेलाडी सुरेश गिरी लगायतका युवाको सहभागीता रहेको थियो ।

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?