अन्तराष्ट्रिय युवा दिवसको अवसरमा मदन चोकमा दिप प्रज्वलन

महेन्द्रनगर २८ साउन । २० औँ अन्तराष्ट्रिय युवा दिवसको अवसरमा कञ्चनपुरको महेन्द्रनगरमा दिप प्रज्वलन गरिएको छ । सुदूपश्चिम युवा सञ्जाल र नमुना युवा सांसद भीमदत्त नगरपालिकाको आयोजनामा महेन्द्रनगरको मदन चोकमा दिप प्रज्वलन गरिएको हो ।

बुधबार युवा दिवसका अवसरमा उक्त कार्यक्रम गरिएको युवा सञ्जालका सुदूरपश्चिम अध्यक्ष बाशुदेव भट्टले बताए । उनका अनुसार कोरोनाको महामारीका कारण अन्य कार्यक्रम गर्न नसकिएको अवस्थामा दिप प्रज्वलन गरिएको बताए ।

‘युवा दिवस आम युवाका लागि उत्साहको दिन हो ‘ अध्यक्ष भट्टले भने ‘कोभिड १९ का कारण हाम्रा पुर्व निर्धारित कार्यक्रम गर्न समेनौँ, महामारीका बेला सबै युवाले एकजुट भएर महामारीको सामना गर्न पर्छ

दिप प्रज्वलन कार्यक्रममा अनेरास्ववियुका कञ्चनपुर सह संयोजक ओम बस्नेत, नमुना युवा सांसद भीमदत्तका प्रभानमन्त्री नितेश रावल, अनेरास्ववियुका रोहित गजुरेल, खेलाडी सुरेश गिरी लगायतका युवाको सहभागीता रहेको थियो ।

ताजा खबर

ब्राईट लाईफ एजुगेशन प्रालि र जिआरडीको सयुक्त आयोजनामा प्राविधिक शिक्षा बारे अभिमुखिकरण

कञ्चनपुर, ६ जेठ । कञ्चनपुरको महेन्द्रनगरमा प्राविधिक शिक्षा बारे सरोकारवालालाई...

शुक्लाफाँटा नगरका मेयर महराको तीन बर्षे कार्यकालका उपलब्धी सार्वजनिक

कञ्चनपुर, ५ जेठ । कञ्चनपुरको एक स्थानीय सरकारले तीन बर्षे...

महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालन 

कञ्चनपुर, जेठ २  कञ्चनपुरकोे महेन्द्रनगरमा सुविधा सम्पन्न एक मण्टेश्वरी विद्यालय...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर, ३१ वैसाख कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?