वडाध्यक्ष महरामाथि आक्रमण गर्ने ५ जनाले गरे आत्मआलोचना, पार्टीमा संलग्न नरहेको खुलासा

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं। ८ मा केहि दिन अघि भएको विवादले नयाँ मोड लिएको छ । यहि साउन ११ गते विहान साढे ११ बजेतिर वडा कार्यालयमा वडा अध्यक्ष बहादुर सिँह महरामाथि भएको सांघातिक आक्रमणमा सहभागि नेपाल तरुण दलका केहि युवाहरुले आत्मआलोचना गर्नुका साथै माफी मागेका छन् ।

आत्मआलोचना गर्नेमा आनन्द ठगुन्ना, नविन ठगुन्ना, कम्मान ठगुन्ना, बशन्त ठगुन्ना, लोकेन्द्र ठगुन्ना रहेका छन् । जसमा ५ जना स‌लग्न व्यक्ति थिए भने २ जना अभिभावक हुन् । कृष्णसिँह ठगुन्ना र नरेन्द्र ठगुन्ना अभिभावक हुन् । शुक्लाफाँटा नगरपालिका वडा नं। ८ का तरुण दलका सभापति नारद ठगुन्ना लगायतको समुहमा संलग्न केहि युवाहरुले आत्मआलोचना गर्दै विज्ञप्ती जारी गरेका छन् ।

उक्त विज्ञप्तीमा भनिएको छ “घटना भएको दिन महला नै गर्ने उद्देश्यका साथ वडा कार्यालयमा नै नभएको र त्यहाँ पुगेपछि एकाएक घटना घटेका हो र हामीहरु प्रहरी नियन्त्रणमा लिइयौँ । हामी प्रहरी हिरासतमा रहेको बेलाको मौका छोपी हाम्रा नाममा नेपाली कांग्रेस आवद्ध तरुण दलले हाम्रो पार्टी कार्यकर्ता भनी गरेको राजनीतिप्रति हामी खेद प्रकट गर्दछौँ ।” साथै ७ जनाले नै तरुण दलमा आवद्ध नरहेको र आगामी दिनमा पनि उक्त पार्टीमा आवद्ध नरहेने कुरा उल्लेख गरेका छन् ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?