वडाध्यक्ष महरामाथि आक्रमण गर्ने ५ जनाले गरे आत्मआलोचना, पार्टीमा संलग्न नरहेको खुलासा

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं। ८ मा केहि दिन अघि भएको विवादले नयाँ मोड लिएको छ । यहि साउन ११ गते विहान साढे ११ बजेतिर वडा कार्यालयमा वडा अध्यक्ष बहादुर सिँह महरामाथि भएको सांघातिक आक्रमणमा सहभागि नेपाल तरुण दलका केहि युवाहरुले आत्मआलोचना गर्नुका साथै माफी मागेका छन् ।

आत्मआलोचना गर्नेमा आनन्द ठगुन्ना, नविन ठगुन्ना, कम्मान ठगुन्ना, बशन्त ठगुन्ना, लोकेन्द्र ठगुन्ना रहेका छन् । जसमा ५ जना स‌लग्न व्यक्ति थिए भने २ जना अभिभावक हुन् । कृष्णसिँह ठगुन्ना र नरेन्द्र ठगुन्ना अभिभावक हुन् । शुक्लाफाँटा नगरपालिका वडा नं। ८ का तरुण दलका सभापति नारद ठगुन्ना लगायतको समुहमा संलग्न केहि युवाहरुले आत्मआलोचना गर्दै विज्ञप्ती जारी गरेका छन् ।

उक्त विज्ञप्तीमा भनिएको छ “घटना भएको दिन महला नै गर्ने उद्देश्यका साथ वडा कार्यालयमा नै नभएको र त्यहाँ पुगेपछि एकाएक घटना घटेका हो र हामीहरु प्रहरी नियन्त्रणमा लिइयौँ । हामी प्रहरी हिरासतमा रहेको बेलाको मौका छोपी हाम्रा नाममा नेपाली कांग्रेस आवद्ध तरुण दलले हाम्रो पार्टी कार्यकर्ता भनी गरेको राजनीतिप्रति हामी खेद प्रकट गर्दछौँ ।” साथै ७ जनाले नै तरुण दलमा आवद्ध नरहेको र आगामी दिनमा पनि उक्त पार्टीमा आवद्ध नरहेने कुरा उल्लेख गरेका छन् ।

ताजा खबर

जेन्जि आन्दोलनमा सहिद भएका जाेशीकाे परिवारलाई युवाहरुबाट संकलित रकम हस्तान्तरण 

महेन्द्रनगर,२८ कार्तिक। गत २३ र २४ गते भदाै काठमाडौमा भएको...

एलबिएद्धारा पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च

धर्मराज कठायत, कार्तिक २७ कञ्चनपुरको एक संस्थागत (निजी) विद्यालयले नेपाल...

मंगलबार झलारीमा शुक्लाफाँटा कृषि व्यापार मेला

कल्पना साउद, कार्तिक २४ मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि,...

भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग

आदित्य जोशी, कञ्चनपुर, कार्तिक २४ भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल...

सवारी दुर्घटना न्यूनिकरण गर्न भवानी कालिकाको प्रयास

धर्मराज कठायत कञ्चनपुर, कार्तिक २४ कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?