बझाङको केदारस्युँ गाउँपालिकामा पुनः लकडाउन

मानबहादुर बोहरा, बझाङ
बझाङको केदारस्युँ गाउँपालिकामा पुनः लकडाउन गरिएको छ । पालिकामा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्न थालेपछि पुनः लकडाउन जारी गरिएको हो ।
केदारस्युँ गाउँपालिकाको वडा नम्बर ६ र ७ मा शुक्रबार २५ जनामा कोरोना संक्रमण पुष्टी भएकोमा शनिबार मात्रै थप ४१ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । शुक्रबार र शनिबार गरी वडा नंम्बर १ का १ जना, वडा नम्बर ४ का २ जना, वडा नम्बर ६ का ३२ जना र वडा नं। ७ का ३१ जनामा कोरोना पुष्टी भएको छ ।
यो सँगै केदारस्युँ गाउँपालिकामा मात्रै संक्रमितको संख्या ६६ पुगेको छ । यस भन्दा अघि १६ जना भने निको भएर घर फर्कि सकेका छन् । संक्रमितहरु भाडसैन, थापागाउँ, काँडाचौर, भामचौ, जसूडा लगायतका गाउँका रहेका छन् । संक्रमितहरु सबै भारतबाट आएका हुन् । क्वारेन्टाइनबाट घर गयपछि रिपोट आएको हो । उनिहरुलाई १४ दिन गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा राखेर गाउँपालिकाले नै घर पठाएको थियो ।
घर गएकाहरु होमक्वारेन्टाइनमा बस्नुको साटो सामान्य मानिस जस्तै समुदायमा घुलमील भइसकेको स्थानीयको भनाई छ । संक्रमित हरुलाई चन्द्रोदय माध्यमिक विद्यालय भाडसैन र कैलाश भवानी माध्यमिक विद्यालय कोटेलीमा राख्ने व्यवस्था मिलाइएको छ ।
यसरी प्रतिदिन संक्रमण बढेपछि पालिकामा पुनः लकडाउन गरीएको गाउँपालिकाका प्रवक्ता तथा कार्यवाहक अध्यक्ष लोकेश बहादुर भण्डारीले जानकारी दिनुभयो । संक्रमण फैलिएका वडामा गाउँपालिकाबाट स्वास्थ्यकर्मीको टोली गएको छ । प्रवक्ता भण्डारीका अनुसार वडा नम्बर ६ र ७ लाई पूर्ण रुपमा सील गरीएको छ । साथै पालिका भरीका सबै वडाबाट एक वडा बाट अर्को वडामा जान पनि निषेश गरीएको छ । अति आवश्यक कामको लागि जानुपरेमा वडाको सिफारीस अनिवार्य गरीएको छ ।

ताजा खबर

राप्रपा बेदकोट नगरको अध्यक्षमा चन्द

धन सिह धामी, पुष १० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बेदकोट नगरको...

युवा व्यवसायी प्रदिप पाल वाणिज्य संघ कोषाध्यक्षको दौडमा

केशव थापा कञ्चनपुर, पुष १० आउँदो शनिबार १९पुषमा कञ्चनपुर उद्योग...

एमाले उपमहासचिव लेखराज भट्टका भाई गोर्कण रास्वपातिर, भन्छन सुप प्रदेशमा १नम्बर पाटी बनाउँछु 

  कञ्चनपुर, पुष  १० नेकपा एमालेका उपमहासचिव एव सुदूरपश्चिम प्रदेश इन्चार्ज...

स्वर्गीय आमाको वार्षिक पुण्यतिथिमा जेष्ठ नागरिकलाई भोजन

कञ्चनपुर  - ९, पौष कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८...

बालविवाह अन्त्यका लागि सरोकारवालासंग छलफल 

धन सिह धामी कञ्चनपुर पुष ८  कञ्चनपुरमा बढ्दै गएको बालविवाह रोक्नका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?