बन्द रहेको शुक्लाफाँटा ८ को वडा कार्यालय सञ्चालन

झलारी । शुक्लाफाँटा नगरपालिका –८ का अध्यक्ष बहादुर सिह महरामाथि आक्रमण भएपछि बन्द रहेको वडा कार्यालय आज९बिहीबार० देखि सञ्चालनमा आउने भएको छ ।

पाँच दिन अघि वडा अध्यक्ष महरामाथि नेपाली काँग्रेसका कार्यकर्ताले कार्यालयमै आक्रमण गरेपछि सुरक्षाका कारण देखाउँदै कार्यालय बन्द गरिएको थियो

वडा सचिव चन्द्र चौधरीले आज १० बजेदेखि कार्यालय सञ्चालनमा आउने जानकारी गराएका छन् । उनले विज्ञप्ति प्रकाशित गरी कार्यालय सञ्चालनको जानकारी गराएका हुन् ।

वडामा शान्ति सुरक्षा र दोषिमाथि कानुनी कार्वाहीको माग राख्दै वडाले नियमित सेवा बन्द गरेको थियो ।

काँग्रेसको तरुण दलका वडा सभापति नारद ठगुन्ना नेतृत्वको समूहले अध्यक्षमाथि आक्रमण गरी कार्यालय तोफोड गरेका थिए । उनीहरु सबैमाथि मुद्दा दर्ता गरिएको छ ।

विकल्प दैनिक

ताजा खबर

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राधा ओझाको निर्विरोध यात्रा, आगामी यात्राका लागी पार्टीसँग परामर्श गर्ने

महेन्द्रनगर । बैतडीको मेलौली नगरपालिकाकी निवर्तमान उपप्रमुख राधा ओझा...

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी भारत प्रस्थान

कञ्चनपुर, ६ कार्तिक भारतको नोएडामा आयोजना हुने दोस्रो ओकिनावा...

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?