वडाअध्यक्षमाथि आक्रमण, गोशालाका गाइगोरू नगरपालिकामा छोडिए

शुक्लाफाटा नगरपालिका वडा नम्वर ८ का अध्यक्ष तथा छाडा चौपाया व्यवस्थापनका संयोजक वहादुर महरा माथी उहाको कार्यकक्षमै सांङघातिक आक्रमण भए पछी वडाका स्थानीय जनताले व्यवस्थापन गरिएका गाई गोरु सोमवार नगरपालिकामा बुझाएका छन ।
सदुर पश्चिमका विभिन्न जिल्लामा छाडा चौपायाको विकराल समस्या भए पछी यस क्षेत्रका किसानहरु समस्यामा परेका थिए । एका तिर खेतमा लगाएको वालि नोक्सान हुने र अर्को तिर सडक भरि हजारौंको संख्यामा रहेका गाई गोरुको कारण दिनहु दुर्घटना हुने हुदा आम सर्वसाधारण लाई समेत परेशानी वेहर्नु परेको थियो ।
निर्वाचनको समयमा छाडा चौपाया व्यवस्थापनको नारा लिएर भोट मागेका जनप्रतिनीधिहरु लाई समेत लाखौं वजेट खर्च गर्दा समेत छाडा चौपाया नियन्त्रण हुन नसके पछी चौतर्फी विरोध खेप्नु परेको थियो ।
तर कञ्चनपुर जिल्लाको शुक्लाफाटा नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष वहादुर महराले भने कठीन परिस्थीतिमा समेत विचलित नभई छाडा चौपाया व्यवस्थापन गर्ने संकल्प लिई २०७५ श्रावण ३१ गते देखी छाडा चौपाया व्यवस्थापन समतिको संयोजकको रुपमा काम गर्दै नगर भित्र रहेका गाई गोरुलाई सामुदायकि वन भित्र व्यवस्थापन गर्न सफल भए ।
नगरपालिका संग सहकार्य गरेर छाडा चौपाया व्यवस्थापन गरि शुक्लाफाटा नगरपालकिालाई छाडाचौपाया मुक्त गरेका महरालाई आईतवार विहान तरुणदलका वडा सभापति लगायतका समुहले उहाको कार्यकक्ष मै आएर निर्घात कुट पिट गरे पछी अध्यक्ष महराको कोहलपुरमा उपचार भईरहेको छ भने वडा नम्वर ८ का स्थानीयहरुले सुरक्षाको कारण देखाई सोमवार गौशालामा रहेका गाईगोरुहरुलाई शुक्लाफाटा नगरपालिकाको कार्यालयमा बुझाएका छन ।
गुणस्तरीय विकास निर्माण तथा सुशासनका लागी कुनै सम्झौता नगर्ने महरा वडा अध्यक्ष भए पछी वडा भित्र जाँड, रक्सि जुवा, तास, सामुदायीक वन भित्र चोरी सिकारी गर्ने, काठ तस्करहरु लगायतका गतिविधि वन्द गर्ने अभियानमा लागेका उनी माथी पटक पटक फसाउने षडयन्त्र भए पनी अहिले सम्म कोहि पनी सफल भएका थिएनन् ।
राजेन्द्र सिंह बिष्ट

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?