बैतडीः स्थानियको पहलमा बाटो मर्मत

बैतडी । लगातार परेको अविरल वर्षाका कारण भत्किएको बाटो स्थानियको अग्रसरतामा मर्मत गरिएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका– ९ स्थित रहेको प्रशिद्ध गैरिचाडी मन्दिरसम्म जाने बाटो लगातारको वर्षाका कारण भत्किएपछि ग्वाल्लेक प्रवासी युवा समाजको आर्थिक सहयोग तथा स्थानियहरुको पहलमा मर्मत गरिएको हो ।

ग्वाल्लेक प्रवासी युवा समाजको आर्थिक सहयोग र स्थानियहरुको पहलमा उक्त भत्किएको बाटो ढुङगाले सोलिङग गरि मर्मत तथा निर्माण गरिएको स्थानिय केशव जोशीले बताए ।

उनले भने ‘सामान्य पानी पर्दा समेत हिड्नै नसकिने र बाहिरबाट आउने भक्तजनलाई समेत अफ्ठेरो परेका कारण राज्यलाई कुरेर बस्नु भन्दा आफै केही गरेर देखाउँने उदेश्यका साथ बाटो निर्माण कार्य थालिएको हो ।’

उनका अनुसार ग्वाल्लेक प्रवासी युवा समाजको ५० हजार आर्थिक सहयोग तथा स्थानियहरुको श्रम दान बाट बाटो मर्मत तथा निर्माण गरिएको हो ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?