बैतडीः स्थानियको पहलमा बाटो मर्मत

बैतडी । लगातार परेको अविरल वर्षाका कारण भत्किएको बाटो स्थानियको अग्रसरतामा मर्मत गरिएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका– ९ स्थित रहेको प्रशिद्ध गैरिचाडी मन्दिरसम्म जाने बाटो लगातारको वर्षाका कारण भत्किएपछि ग्वाल्लेक प्रवासी युवा समाजको आर्थिक सहयोग तथा स्थानियहरुको पहलमा मर्मत गरिएको हो ।

ग्वाल्लेक प्रवासी युवा समाजको आर्थिक सहयोग र स्थानियहरुको पहलमा उक्त भत्किएको बाटो ढुङगाले सोलिङग गरि मर्मत तथा निर्माण गरिएको स्थानिय केशव जोशीले बताए ।

उनले भने ‘सामान्य पानी पर्दा समेत हिड्नै नसकिने र बाहिरबाट आउने भक्तजनलाई समेत अफ्ठेरो परेका कारण राज्यलाई कुरेर बस्नु भन्दा आफै केही गरेर देखाउँने उदेश्यका साथ बाटो निर्माण कार्य थालिएको हो ।’

उनका अनुसार ग्वाल्लेक प्रवासी युवा समाजको ५० हजार आर्थिक सहयोग तथा स्थानियहरुको श्रम दान बाट बाटो मर्मत तथा निर्माण गरिएको हो ।

ताजा खबर

महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालन 

कञ्चनपुर, जेठ २  कञ्चनपुरकोे महेन्द्रनगरमा सुविधा सम्पन्न एक मण्टेश्वरी विद्यालय...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर, ३१ वैसाख कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

एक दशकदेखि कञ्चनपुरका चार पक्की पुल अलपत्र

कञ्चनपुर, ३० बैशाख । कञ्चनपुरमा विगत एक दशकदेखि चार पक्की...

भीमदत्त १८का वडा सदस्य बस्नेतद्वारा बेदकोटका खेलाडीलाई खेलकुद समाग्री

  कञ्चनपुर, ३०  बैशाख । कञ्चनपुरको भीमदत्त नगरपालिका १८का वडा सदस्य...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?