सुदूरपश्चिमेली नेपाली समाजद्धारा सुदूरपश्चिम प्रदेशका खेलाडीहरुलाई कोभिड–१९ विरुद्ध एक वर्षे बिमाका लागि आर्थिक सहयोग

दिनेश खड्का ‘खप्तडी’

महेन्द्रनगर । सुदूरपश्चिमेली नेपाली समाजले सुदूरपश्चिम प्रदेशका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुलाई कोभिड–१९ विरुद्ध एक वर्षे बिमाका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

सोमबार एक कार्यक्रमका बिच सुदूरपश्चिमेली समाजले प्रदेशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई कोभिड–१९ विरुद्ध एक बर्षे बिमाको लागि नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलालीलाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

देश तथा विदेशमा रहेका सुदूरपश्चिमेलीहरुलाई कुनै समस्या परेमा त्यस्ता समस्या समाधानका लागि विदेशमा रहेका सुदूरपश्चिमेलीहरुले स्थापना गरेको सुदूरपश्चिमेली नेपाली समाजको परोपकारी अभियान अन्तर्गत प्रदेशमा रहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुको कोभिड–१९ बिरुद्ध एक बर्षे बिमा गराउनको लागि ५१ हजार रुपैयाको चेक रकम नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कैलालीलाई हस्तान्त्रण गरिएको सुदुरपश्चिमेली नेपाली समाजका नेपाल संयोजक चेतन थापाले बताए ।

उनका अनुसार प्रदेशका करिब ३ सय ४० जना खेलाडीहरुको कोरोना विरुद्धको बिमाको लागि रकम हस्तान्तरण गरिएको हो ।

उक्त रकम हस्तान्त्रण कार्यक्रममा सुदूरपश्चिमेली नेपाली समाज अन्तराष्ट्रिय समितिका पुर्व दक्षिण एसिया संयोजक ज्ञानेन्द्र बहादुर सिंह, भारत केन्द्रिय अध्यक्ष दिपक प्रकाश मल्ल ,भारत महाराष्ट्र राज्य सल्लाहकार प्रेम खड्का,नेपाल समन्वय समिति सदस्य धुर्व बहादुर मल्ल,कतार केन्द्रीय संस्थापक सल्लाहकार भीम बहादुर बलायर,खेलाडी,पत्रकार तथा विभिन्न संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सुदूरपश्चिमेली नेपाली समाजले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएको छ ।

ताजा खबर

शिवम् अटो ह्वील्स अत्तरिया–महिन्द्रा ग्राहकको विशेष उत्सव

हेमा भट्ट, माघ ११, कैलाली  महिन्द्रा गाडी प्रयोगकर्ताहरूका लागि प्रतिक्षित...

मोबाइल चिन्हसहित स्वतन्त्र आम–जनतापाटिबाट लक्ष्मी कुमारी बिष्ट भट्टको उम्मेदवारी

हेमा भट्ट, माघ १०, कञ्चनपुर कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र...

कञ्चनपुर उद्योग वाणिज्य संघको नेतृत्व हस्तान्तरण, विकास र सहकार्यको नयाँ अध्याय

हेमा भट्ट, माघ ९, कञ्चनपुर कञ्चनपुर । कञ्चनपुर जिल्लाको उद्योग,...

मर्निङ्ग ग्लोरी कस्मिट ब्रेन हाजिरीजवाफ प्रतियोगिता ः महेन्द्रनगर नमुना मावि९साधारण स्कुल० प्रथम

धनसिह धामी कञ्चनपुर ६ माघ । कञ्चनपुरको एक निजी विद्यालयले हाजिरीजवाफ...

रमेश लेखक पक्षधर नेता कार्यकर्ताद्वारा दोधारामा गगन र विश्वप्रकासको पुत्ला दहन

कञ्चनपुर, ६ माघ । कञ्चनपुर निर्वाचन क्षेत्र ३मा रमेश लेखकलाई...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?