१६ गायक–गायिकाले गाएको देशभक्ति गीत युट्युवमा प्रशंसित[भिडियो]

एउटै गीतमा १६ जना चल्तापुर्जा गायक–गायिकाको स्वर । राष्ट्रप्रेमले ओतप्रोत शब्दहरु । जनतामा राष्ट्रियता उर्लिएको समय । नरुचाइयोस किन ?

चार दिनअघि रिलिज गरिएको ‘मेरो देश नेपाल’ बोलको राष्ट्रिय गीतले युट्युवमा निकै राम्रो भ्यूज र प्रतिक्रिया पाइरहेको छ । अहिलेसम्म ६ लाखभन्दा धेरैपटक हेरिएको गीतमा ३ हजार ६ सयभन्दा बढि प्रतिक्रिया आएका छन् । सबैजसो प्रतिक्रिया सकारात्मक छन् ।

अम्बिका शर्माले कोरेका शब्दहरुलाई अर्जुन पोखरेलले संगीत भरेका हुन् । गीतमा राजेश पायल राई, प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई, राजु परियार राज सिग्देलजस्ता चर्चित गायक–गायिकाको स्वर रहेको छ । यसैगरि, कृष्ण काफ्ले अनिता चलाउने, बुद्ध लामा, अस्मिता अधिकारी, समिक्षा अधिकारी, कृष्ण भुजेल, प्रविण भेडवाल र स्वयम् अर्जुन पोखरेलले पनि स्वर भरेका छन् ।

चर्चित टेलिभिजन प्रस्तोता भुषण दाहालको न्यारेसनपछि गीत सुरु हुन्छ । गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका छन् ।

गायिका अनिता चलाउने यस गीतकी प्रस्तुतकर्ता हुन् । गीतमा आएका प्रतिक्रियाहरुले आफूलाई निकै उत्साहीत बनाएको उनले बताइन् ।

‘यो गीत तयार गर्न मलाई धेरै वरिष्ठ गायक–गायिकाले सहयोग गर्नुभयो । मैले ल्याउन चाहेका केही गायक–गायिका विभिन्न कारणले छुट्नु पनि भएको छ । जे भए पनि गीतलाई दर्शकहरुले रुचाइदिनुभएकोमा सबैप्रति आभारी छु,’ उनले भनिन् ।

अनिताका अनुसार लकडाउनका बेला गायक–गायिकालाई उनीहरुको समय मिलाएर पालैपालो बोलाई भिडियो सुटिङ गरिएको थियो ।अनलाइखबर 

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?