नेपाल–भारत सीमामा गोली चल्यो, प्रहरी सहित २ जना घाइते

सुनसरी–नेपाल भारत सीमा क्षेत्रमा गोली चलेको छ । गोली लागि एक युवक र एक प्रहरी घाइते भएका छन् ।

सशस्त्र प्रहरीले चलाएको गोली लागि हरिनगर ७ सुकुम्बासी टोलमा बस्दै आएका २० वर्षीय सहजव जट घाइते भएका हुन्।

पेटमा गोली लागेका उनीहरूको बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। सशस्त्र प्रहरी बोर्डर आउट पोष्टमा खटिएको टोली माथि शुक्रवार आक्रमण भएपछि प्रतिकार गर्दा गोली चलाएको प्रहरीले जानकारी दिएको छ। तस्करीको विषयमा प्रहरीको हतियार खोस्न खोजेपछि झडप भएको थियो।

सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलका अनुसार तस्करीको विषयमा विवाद भएपछि प्रहरीको हतियार खोस्न खोजे, ढुङ्गा प्रहार भएपछि प्रहरीले गोली चलाएको छ ।

त्यस्तै एक प्रहरी जवान जिवराज विसङ्खे पनि घाइते भएका छन्। दुबै जनाको धरानमा उपचार भइरहेको छ।

बिहिवार मात्र सुनसरीकै सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिक गए राति नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको थियो।

गोलाबारीमा परी दुई जना तस्कर घाइते भएका थिए। देवानगन्ज–२ का राजेश यादव र ३ का पिन्टु यादव घाइते भएका थिए। तस्करका साथबाट प्रहरीले एउटा पेस्तोल, छ राउण्ड गोली र दुई वटा म्याग्जिन बरामद गरेको थियो।फाइल फोटो /खबरहव 

ताजा खबर

शिक्षक महासंघद्वारा बेदकोट नगरलाई ज्ञापन

कञ्चनपुर, २ असार । नेपाल शिक्षक महासंघले कञ्चनपुरकोे एक स्थानीय...

सडक विभागका सहसचिव खत्रीको यस्तो दावि महाकाली पुलको पुरानो डिजायन फेल भयो, नयाँ मैले ल्याएको हुँ

कञ्चनपुर, २ असार  गत बर्ष वाढीले भत्काएको महाकाली चारलेनको गाईडबण्ड...

लोक सेवा आयोगको हाजिरीजवाफ प्रतियोगितामा लक्ष्मी मावि बागफाँटा प्रथम 

शुनिल राना, कञ्चनपुर १ असार  लोक सेवा आयोगकोे ७५औँ बार्षिकोत्सव...

तिलाचौरका समाजसेवी युवा उद्यमी देउवाले बनाईदिए निजी लगानीमा खानेपानी योजना 

सन्जु महर कञ्चनपुर, ३० जेठ कञ्चनपुरका एक युवाले निजी लगानीमा खानेपानी...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?