पूर्व जनप्रतिनिधि भन्छन्– ममाथि बम प्रहार भयो, प्रहरी भन्छ– प्रमाण भेटिएन

जनकपुरधाम । सिरहामा एकजना पूर्वजनप्रतिनिधि उपर आक्रमण गरिएको छ । साविकको औरही गाविसका पूर्वअध्यक्ष सुवर्ण यादवमाथि शुक्रबार राति आक्रमण भएको हो ।

हालको औरही गाउँपालिका–५ स्थित घरमा सुतिरहेको अवस्थामा आक्रमण भएको र छर्रा लागेर सामान्य घाइते भएको परिवारजनले बताएका छन् ।

परिवारका सदस्यहरुले बम आक्रमण भएको भने पनि प्रहरी भने बम पड्किएको जस्तो नदेखिएको बताउँछन् । सिरहाका प्रहरी प्रवक्ता विनोद घिमिरेले बम पड्किएको कुनै प्रमाण फेला पर्न नसकेको बताए । ‘हामी अहिले घटनास्थलमै छौं,’ उनले भने, ‘खरानी र बारुद कतै फेला परेको छैन ।’

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको उनले बताए । अनलाइनखबर 

ताजा खबर

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

क्वारेन्टाइन र भन्सार छल्दै भित्रिन्छन् भारतीय कृषि उपज, नेपाली किसानको उत्पादनले पाउँदैन बजार

कञ्चनपुरका कागती किसानको गुनासो : ‘हामीले पसिना बगाएर उत्पादन...

भारतमा हुने सांस्कृतिक महोत्सवमा करन सिंह पाल प्रमुख अतिथिका रूपमा सहभागी हुने

कञ्चनपुर। सामाजिक अभियन्ता तथा घुसुडी महोत्सवका संयोजक करन सिंह...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?