अछाममा बैङ्कका कर्मचारीमा कोरोना पुष्टि 

महेन्द्रनगर । अछामा बैंकका कर्मचारीमा कोरोना पुष्टि भएको छ ।

विहिबार जिल्लाको चौरपाटी गाउँपालिका–१ स्थित रहेको सेन्चुरी बैंकमा कार्यरत एक कर्मचारीमा कोराना पुष्टि भएको हो ।

बैंकमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएको चौरपाटी गाउँपालिकाका स्वास्थ्य संयोजक धन बहादुर थापाले बताए ।

उनले भने ‘ती संक्रमित पुरुष चौरपाटी गाउँपालिका–५ लुंग्राका हुन् ।’

उनकाअनुसार असार १९ गते पिसिआर जाँचका लागि ती पुरुषको स्वाब धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा पठाएकोमा हिजो बिहिबार उनको रिपोर्ट पोजेटिभ आएको हो ।

ती कर्मचारीमा कोरोना पुष्टि भएपछि अहिले बैंक क्षेत्र सील गरी संक्रमितको सम्पर्कमा आएकाहरुको खोजी कार्य भइरहेको गाउँपालिका अध्यक्ष हर्क बहादुर साउँदले बताए ।

ताजा खबर

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी भारत प्रस्थान

कञ्चनपुर, ६ कार्तिक भारतको नोएडामा आयोजना हुने दोस्रो ओकिनावा...

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?