सुदूरपश्चिममा थप ८५ जनामा कारोना पुष्टि

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा आज थप ८५ जनामा कोरोना पुष्टि भएको छ ।

आइतबार थप ८५ जनामा कोरोना पुष्टि भए संगै प्रदेशमा जम्मा संक्रमितको संख्या ३ हजार ६ सय ७८ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरीएको परीक्षणमा कैलालीका १४ जना, बैतडीका ३ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरीएको परीक्षणमा बाजुराका २० जना र डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुराका ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

यता धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरीएको परीक्षणमा कैलालीका १२ जना,डडेल्धुराका ५ जना र कञ्चनपुरका २८ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।

प्रदेशमा हालसम्म संक्रमितहरुमध्ये कोरोनाका कारण ७ जनाको मृत्यु भइसकेको छ भने ६ सय ८० जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएको छन् ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?