महेन्द्रनगर । बझाङमा शनिबारराती १८ घर बगाउने गरी गएको पहिरोमा परी ज्यान गुमाएका र विस्थापित परिवारलाई उचित क्षतीपूर्ती दिन प्रतिबन्धीत विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति बझाङले माग गरेको छ ।
आइतबार जिल्ला समितिका इन्चार्ज विराट र सचिव हरिलालले विज्ञप्ती जारी गर्दै पहिरोमा परी ज्यान गुमाएका र विस्थापित भएका २० परिवारलाई उचित राहत तथा क्षतीपूर्ती दिन माग गरेको छ ।
त्यस्तै घाईतेहरुको निःशुल्क उपचारको व्यवस्था पनि मिलाउन सरकार संग माग गरिएको छ ।
विज्ञप्त मार्फत उत्त दुखद घटनामा ज्यान गुमाएका सबैप्रती श्रद्धाञ्जली समेत अर्पण गरिएको छ ।
शुक्रबार राति जिल्दकोे केदारस्युँ गाउँपालिका–८ स्थित मल्लेसिमा अविरल वर्षासँगै आएको पहिरोमा पुरिएका ६ जनाको शव फेला परेको छ भने एकजना अझै सम्पर्कविहिर रहेका छन् ।