बझाङ पहिरो अपडेटः हराएकाको खोजी कार्य रोकीयो

महेन्द्रनगर । बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा १८ घर बगाउने गरी गएको पहिरोमा ७ जना वेपत्ता भएको थिए ।

ती मध्य ६ जनाको शव फेला परेपनि एक जनाको भने शव फेला नपर्दै खोजी कार्य रोकीएको छ ।

हाल खोजी कार्य रोकीएको केदारस्युँ गाउँपालिका–८ का वडाध्यक्ष गणेश बोहराले बताए ।

उनले भने ‘यहाँ विजुली बत्तिको समस्या भएको र रातमा केही नदेखिने अवस्था भएकोले अहिले खोजी कार्य रोकिएको हो ।’ उनले थपे ‘अब भोली विहानै देखी खोजी कार्य गरीने छ ।’

गएराती १ बजेतिर गएको पहिरोमा पुरीएका ७ जनामध्ये ६ जानको शव भेटिएको र अन्य एक जना अझै सम्पर्कविहिन रहेका छन् ।

वडाध्यक्ष बोहराका अनुसार पहिरोमा पुरीएका १२ वर्षिय प्रयाग जेठारा,८० वर्षिय दले जेठारा,४० वर्षिया राममती जेठारा र १३ वर्षिया अस्मिता जेठारा, १३ वर्षिया सन्तु जेठारा,१५ वर्षिया शान्ति जेठाराको शव भेटिएको छ ।

यद्यपी गिरी जेठारा अझै सम्पर्कविहिन रहेका छन् ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?