बझाङ पहिरो अपडेटः ४ जनाको शव फेला,तीन जनाको खोजी जारी

महेन्द्रनगर । बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा गएको पहिरोमा पुरिएका ४ जनाको शव भेटिएको छ ।

गएराती १ बजेतिर गएको पहिरोमा पुरीएका ७ जनामध्ये ४ जानको शव भेटिएको र अन्य तीन जना अझै सम्पर्कविहिन रहेको केदारस्युँ गाउँपालिका–८ का वडाध्यक्ष गणेश बोहराले बताए ।

उनका अनुसार पहिरोमा पुरीएका १२ वर्षिय प्रयाग जेठारा,८० वर्षिय दले जेठारा,४० वर्षिया राममती जेठारा र १३ वर्षिया अस्मिता जेठाराको शव भेटिएको छ ।

त्यस्तै १३ वर्षिया सन्तु जेठारा, २२ वर्षिया गिरी जेठारा र १५ वर्षिया शान्ति जेठारा अझै सम्पर्क विहिन रहेको र हाल उनिहरुको खोजी कार्य भैरहेको वडाध्यक्ष बोहराले बताए ।

उनले भने ‘ अहिले दुर्गाथली र धोताको प्रहरी टोली पुगेको छ । र अहिले बेपत्ता भएकाहरुको खोजी कार्य भइरहेको छ ।’यद्यपी नेपाली सेना,ससस्त्र प्रहरी बल, तथा डिएसपी सहितको टोली अझै नपुगेको उनले बताए ।

उनका अनुसार उद्दारका लागि सुरक्षाकर्मी ढिलोगरी आउने खबर पाएसँगै स्थानीयले आफै उद्दार थालेका थिए । ‘पहिरोले १८ घर बगाएको छ । अन्य पशुचौपायाहरु पनि मरेका छन् ।’ उनले भने ‘पानी परेकाले उद्दारमा पनि समस्या परिरहेको छ ।

ताजा खबर

शान्ति निकेतनका विद्यार्थीलाई विद्यालय झोला वितरण 

कञ्चनपुुरको भीमदत्त नगरपालिका ६ ऐठपुरको शान्ति निकेतन माध्यामिक विद्यालयका...

स्थानीय सरकारले वेवास्ता गरेपछी युवा आफै जुटे सडक मर्मतमा

कञ्चनपुर ३२, असार स्थानीय सरकार तथा सरोकारवाला निकायले वेवास्ता गरेपछी...

कृषिको यथेष्ट तथ्याङ्कमा जोड

कञ्चनपुर, असार ३१ कञ्चनपुरका सरोकारवालाहरुले कृषिकोे यथेष्ट तथ्याङ्कमा जोडदिएका छन...

प्रेस सेन्टरद्वारा घाईते पत्रकार ऐरीको उपचारका लागि आर्थिक सहयोग

सञ्जु महर, असार ३१ कञ्चनपुरका घाईते पत्रकारलाई आर्थिक सहयोग गरिएको...

कञ्चनपुरमा हुने तस्करी सशस्त्र प्रहरीले देखेन, किसानका ६० बिरुवामाथि आँखा गाड्यो ः युवा उद्यमी बम

कञ्चनपुर, ३० असार । कञ्चनपुरका एक स्थानीयले भारतको गोबिन्द बल्लभ...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?