बझाङ पहिरो अपडेटः ४ जनाको शव फेला,तीन जनाको खोजी जारी

महेन्द्रनगर । बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा गएको पहिरोमा पुरिएका ४ जनाको शव भेटिएको छ ।

गएराती १ बजेतिर गएको पहिरोमा पुरीएका ७ जनामध्ये ४ जानको शव भेटिएको र अन्य तीन जना अझै सम्पर्कविहिन रहेको केदारस्युँ गाउँपालिका–८ का वडाध्यक्ष गणेश बोहराले बताए ।

उनका अनुसार पहिरोमा पुरीएका १२ वर्षिय प्रयाग जेठारा,८० वर्षिय दले जेठारा,४० वर्षिया राममती जेठारा र १३ वर्षिया अस्मिता जेठाराको शव भेटिएको छ ।

त्यस्तै १३ वर्षिया सन्तु जेठारा, २२ वर्षिया गिरी जेठारा र १५ वर्षिया शान्ति जेठारा अझै सम्पर्क विहिन रहेको र हाल उनिहरुको खोजी कार्य भैरहेको वडाध्यक्ष बोहराले बताए ।

उनले भने ‘ अहिले दुर्गाथली र धोताको प्रहरी टोली पुगेको छ । र अहिले बेपत्ता भएकाहरुको खोजी कार्य भइरहेको छ ।’यद्यपी नेपाली सेना,ससस्त्र प्रहरी बल, तथा डिएसपी सहितको टोली अझै नपुगेको उनले बताए ।

उनका अनुसार उद्दारका लागि सुरक्षाकर्मी ढिलोगरी आउने खबर पाएसँगै स्थानीयले आफै उद्दार थालेका थिए । ‘पहिरोले १८ घर बगाएको छ । अन्य पशुचौपायाहरु पनि मरेका छन् ।’ उनले भने ‘पानी परेकाले उद्दारमा पनि समस्या परिरहेको छ ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?