कोरोनाका कारण अछाममा एक जनाको मृत्यु

महेन्द्रनगर । अछाममा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ ।

जिल्लाको रामारोशन गाउँपालिका– ५ का ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको जिल्ला अस्पताल अछामका सूचना अधिकारी देव प्रशाद जोशीले बताए ।

उनले भने ‘मृत्यु भएको झन्डै तीन दिनपछि ती पुरुषमा कोरोना पुष्टि भएको हो ।’ उनका अनुसार गत आइतवार जिल्लाको बयालपाटा अस्पतालमा ती पुरुषको मृत्यु भएको थियो ।

ती पुरुष जेठ २७ गते भारतबाट गौरीफन्टा नाका हुदै अछाम प्रवेश गरेका थिए ।

जोशीले भने ‘क्वारेन्टिनमा बसेको अवस्थामा श्वासप्रश्वसमा समस्या आएपछि ती पुरुषलाई उपचारका लागि बयालपाटा अस्पतालमा लगिएको थियो ।’ उनले थपे ‘उपचारको क्रममा गत आइतवार उनको मृत्यु भएको थियो ।’

यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना बाट ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । फाइल फोटो

ताजा खबर

एसईई उत्र्तिण विद्याथीलाई एलबिएको सम्मान

कञ्चनपुर, असार २८ कञ्चनपुरकोे एक निजी विद्यालयले माध्यामिक परीक्षा...

माओवादी केन्द्र भीमदत्त नगर ५को सम्मेलन, अध्यक्षमा तिरुवा

 कञ्चनपुर, असार २८ नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका ५नम्बर वडाको...

नवराज भट्टको काँधमा बैजनाथ मावि पिटिए

डिल्लीराज पन्त, असार २७ कञ्चनपुर महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालय...

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?