कोरोनाका कारण अछाममा एक जनाको मृत्यु

महेन्द्रनगर । अछाममा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ ।

जिल्लाको रामारोशन गाउँपालिका– ५ का ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको जिल्ला अस्पताल अछामका सूचना अधिकारी देव प्रशाद जोशीले बताए ।

उनले भने ‘मृत्यु भएको झन्डै तीन दिनपछि ती पुरुषमा कोरोना पुष्टि भएको हो ।’ उनका अनुसार गत आइतवार जिल्लाको बयालपाटा अस्पतालमा ती पुरुषको मृत्यु भएको थियो ।

ती पुरुष जेठ २७ गते भारतबाट गौरीफन्टा नाका हुदै अछाम प्रवेश गरेका थिए ।

जोशीले भने ‘क्वारेन्टिनमा बसेको अवस्थामा श्वासप्रश्वसमा समस्या आएपछि ती पुरुषलाई उपचारका लागि बयालपाटा अस्पतालमा लगिएको थियो ।’ उनले थपे ‘उपचारको क्रममा गत आइतवार उनको मृत्यु भएको थियो ।’

यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना बाट ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । फाइल फोटो

ताजा खबर

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

सुदूरपश्चिमका हेमराज भट्ट रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित, १,१३७ मतसहित पहिलो महाधिवेशनमै ऐतिहासिक सफलता

काठमाडौं, १२ असार  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट...

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहबाट २४८९ विद्यार्थी दीक्षित हुँदै

कञ्चनपुर ११ असार सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो छैटौँ दीक्षान्त समारोह शुक्रबार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?