भारतीय बजार बनबासाका व्यवसायीद्धारा गड्डाचौकी नाका खोल्न नेपाललाई आग्रह

महेन्द्रनगर । नेपाली सीमावर्ती बजार बनाबासाका व्यवसायिले गड्डाचौकी नाका खोल्न आग्रह गरेका छन् । शुक्रबार प्रांतीय उद्योग व्यापार प्रतिनिधि मण्डलले ज्ञापनपत्रसहित नेपाली दुतावासलाई गड्डाचौकी नाका खोल्न आग्रह गरेका हुन् ।

मण्डलका उपाध्यक्ष संजय अग्रवालाद्धारा हस्ताक्षरीत ज्ञापनपत्रमा बनबासाको ९५ प्रतिशत व्यापार नेपाल निर्भर रहेको उल्लेख गदैँ नपाली बजारमा रहेको उधारो पैसा संकलन तथा नयाँ कारोबारका लागि सहज वातावरण सिर्जना गरिदिन दुतावासलाई आग्रह गरिएको छ ।

बनबासा व्यापार मण्डलका सचिव सञ्जय पारिकले लकडाउनका कारण सीमा नाका बन्द हुदाँ बनबासाको व्यापार ठप्प भएको बताए । उनका अनुसार सीमा शिल हुदाँ दोहोरो व्यापार ठप्प भएको र नेपाली बजारमा रहेको पैसा संकलनमा समस्या भएको छ ।

ज्ञापनपत्र

साथै बानबासाका व्यवसायिले सिमा शिल हुदाँ लाखौँको कारोबार ठप्प भएको भन्दैँ गड्डाचौकी नाका खोल्न दुतावासलाई आग्रह गरेका छन् ।

व्यासायिले ज्ञापनपत्रको प्रतिलिपी उत्तराञ्चलका मुख्यमन्त्री, कुमाऊ आयुक्त नैनीताल र जिलाधिकारी चम्पावतालाई समेत बुझाउँदै नाका खोल्न ध्यानार्कषण गराएका छन् । बनबासा व्यापार मण्डलका अध्यक्ष भरत भण्डारीले नाका खोल्नका लागि प्रांतीय उद्योग व्यापार प्रतिनिधि मण्डलको ध्यानार्कषण गराईएको बताए ।

उनका अनुसार कोरोना संक्रमणका कारण नाका बन्द हुदाँ बनबासाका व्यावसायिले मार खेप्नु परेको छ ।
नेपालमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत्र १२ गतेदेखि सीमा नाका बन्दसहित लकडाउनको घोषणा गरेको थियो ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?