सुदूरपश्चिममा २४ घण्टामा थप १ सय ३७ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १२ सय नाघ्यो

 

महेन्द्रनगर । सुदूरपश्चिममा कोरोना संक्रमितको सख्या १ हजार २ सय ४२ पुगेको छ ।

प्रदेशमा सोमबार एकै दिन १ सय ३७ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरीएको परीक्षणमा सुदूरपश्चिमका ९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका थिए ।

यस्तै धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा गरीएको परिक्षणका थप ४१ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा सोमबार संक्रमित हुनेमा अछामका २ पुरुष, बैतडीका १ महिला, १३ पुरुष, डडेल्धुराका ५ महिला १० पुरुष, डोटीका ४ महिला, ३ पुरुष र कैलालीका एक महिला, ५६ जना पुरुष रहेका छन् ।

यता धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा गरीएको परीक्षणमा संक्रमित हुनेमा कैलालीको धनगढी उपमहानगरपालिकाका ४ महिला १७ पुरुष, भजनीका एक पुरुष, बझाङको बुगंलका एक महिला, २ पुरुष, डडेल्धुराको गन्यापधुरा गाउँपालीकाका ३ पुरुष, अछामका ३ महिला,२ पुरुष रहेका छन् ।

त्यस्तै कञ्चनपुरको बेदकोट नगरपालिकाका एक पुरुष, शुक्लाफाँटा नगरपालिकाका ३ महिला,एक पुरुष, भीमदत्त नगरपालिकाका एक पुरुष, पुनर्वास नगरपालिकाका २ जना पुरुष रहेका सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

 

ताजा खबर

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी भारत प्रस्थान

कञ्चनपुर, ६ कार्तिक भारतको नोएडामा आयोजना हुने दोस्रो ओकिनावा...

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?