सुदूरपश्चिममा २४ घण्टामा थप १ सय ३७ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १२ सय नाघ्यो

 

महेन्द्रनगर । सुदूरपश्चिममा कोरोना संक्रमितको सख्या १ हजार २ सय ४२ पुगेको छ ।

प्रदेशमा सोमबार एकै दिन १ सय ३७ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरीएको परीक्षणमा सुदूरपश्चिमका ९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका थिए ।

यस्तै धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा गरीएको परिक्षणका थप ४१ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा सोमबार संक्रमित हुनेमा अछामका २ पुरुष, बैतडीका १ महिला, १३ पुरुष, डडेल्धुराका ५ महिला १० पुरुष, डोटीका ४ महिला, ३ पुरुष र कैलालीका एक महिला, ५६ जना पुरुष रहेका छन् ।

यता धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा गरीएको परीक्षणमा संक्रमित हुनेमा कैलालीको धनगढी उपमहानगरपालिकाका ४ महिला १७ पुरुष, भजनीका एक पुरुष, बझाङको बुगंलका एक महिला, २ पुरुष, डडेल्धुराको गन्यापधुरा गाउँपालीकाका ३ पुरुष, अछामका ३ महिला,२ पुरुष रहेका छन् ।

त्यस्तै कञ्चनपुरको बेदकोट नगरपालिकाका एक पुरुष, शुक्लाफाँटा नगरपालिकाका ३ महिला,एक पुरुष, भीमदत्त नगरपालिकाका एक पुरुष, पुनर्वास नगरपालिकाका २ जना पुरुष रहेका सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

 

ताजा खबर

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?