पर्यटन मन्त्री सहभागी ‘जुम मिटिङ’मा पोर्न भिडिओ बजेपछि…..

काठमाण्डौँ । नेपाल पर्यटन बोर्डले कोरोनापछिको पर्यटकीय गतिविधि सञ्चालनका लागि तयार पारेको प्रोटोकलसम्बन्धी छलफल गर्न सोमबार ‘जुम मिटिङ’ आयोजना गरेको थियो।

जुमको माध्यमबाट दिउँसो १ बजे आयोजना गरिएको उक्त मिटिङमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो धारणा राखिरहेका बेला जुमको इन्टरफेसमा एक्कासि पोर्न भिडिओ तथा पोर्न भिडिओ आउने साइट सेयर भयो।

त्यसलगत्तै मन्त्रीले बोल्न छाडे र मिटिङ आयोजक पर्यटन बोर्डले सेसन अन्त्य गर्‍यो।

२ सयजना बढी सहभागी उक्त मिटिङमा कुन अकाउन्टबाट कसरी भिडिओ सेयर भयो भन्ने विषयमा छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बोर्डलाई निर्देशन दिइसकेको छ।

बोर्डका अध्यक्ष तथा मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले बोर्डलाई छानबिन गर्न निर्देशन दिइएको जानकारी दिए ।

‘हामीले त्यसबारे छानबिन गरी रिपोर्ट गर्नका लागि बोर्डलाई निर्देशन दिइसकेका छौं। उहाँहरूले अहिले त्यसैमा काम गरिरहनु भएको छ।’ सचिव अधिकारीले भने । सेतोपाटी

ताजा खबर

ब्राईट लाईफ एजुगेशन प्रालि र जिआरडीको सयुक्त आयोजनामा प्राविधिक शिक्षा बारे अभिमुखिकरण

कञ्चनपुर, ६ जेठ । कञ्चनपुरको महेन्द्रनगरमा प्राविधिक शिक्षा बारे सरोकारवालालाई...

शुक्लाफाँटा नगरका मेयर महराको तीन बर्षे कार्यकालका उपलब्धी सार्वजनिक

कञ्चनपुर, ५ जेठ । कञ्चनपुरको एक स्थानीय सरकारले तीन बर्षे...

महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालन 

कञ्चनपुर, जेठ २  कञ्चनपुरकोे महेन्द्रनगरमा सुविधा सम्पन्न एक मण्टेश्वरी विद्यालय...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर, ३१ वैसाख कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?