लकडाउनका कारण ब्लड बैंकमा रगतको अभावः लियोद्धारा साताव्यापी रक्तदान

महेन्द्रनगर । विश्ववभर फैलिरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न भन्दै सरकारले लागू गरेको लकडाउनको असर ब्लड बैंकहरुमा पनि देखिएको छ ।

लकडाउन गरेपछि रक्तदानका कार्यक्रम पनि स्थगित भए संगै कञ्चनपुरको महेन्द्रनगर स्थित नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र जिल्ला शाखामा रगतको अभाव भएको छ ।

लकडाउनका कारण रक्तदानका कार्यक्रम नभएको हुदा रगतको अभाव भएको नेपाल रेडक्रस सोसाइटी रत्त संचार सेवा केन्द्र जिल्ला शाखाका ल्याब ईन्चार्ज नरेन्द्र देव जोशीले बताए ।

उनले भने ‘ब्लड बैंकमा रहेको मौज्दात रगत पनि सकिएकोले रगत अभाव भएको हो ।’

यद्यपी रगत अभावको समस्यालाई मध्यनजर गर्दै जिल्ला स्थित लियो क्लव अफ शुक्लाफाटा स्माइलले साताब्यापी रत्तदान कार्यक्रम शुरु गरेको ल्याब ईन्चार्ज जोशीले बताए ।

लकडाउनका कारण रेडक्रसमै रगतको अभावले गर्दा विरामी समस्यामा पर्ने गरेको खबर पाएपछि समस्या समाधानका लागी लियो क्लब अफ शुक्लाफांटा स्माइलले शुक्रवारदेखी साताव्यापी रक्तदान कार्यक्रम शुरु गरेको लियो क्लब अफ शुक्लदाफांटा स्माइलका अध्यक्ष देवेन्द्र खड्काले बताए ।

उनले भने ‘ कोरोना संक्रमणको जोखीमलाई ध्यानमा राख्दै एक दिनमा १० जनाले मात्र रत्तदान गर्ने छन् । र यो कार्यक्रम एक साता सम्म संञ्चालन गरीने छ ।’

रत्तदान गर्न इच्छुक जोकसैले पनि रत्तदान गर्न सक्ने अध्यक्ष खड्काले जानकारी दिए ।

लियो क्लब अफ शुक्लाफांटा स्माइले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएको छ ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?