बाराः ३ वर्षीया बालिकासहित ५ जनामा देखियो कोरोना

काठमाडौं । बारामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाराका डीएसपी गौतम मिश्रका अनुसार सुवर्ण गाउँपालिका–२ का ३० वर्षीय पुरुष, वडा नम्बर ७ का १६ वर्षीय पुरुष, वडा ५ का ३० वर्षीय पुरुष र सोही वडाका २८ वर्षीया महिला र उनकी ३ वर्षीया छोरीमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित पाँचै जनालाई गंगापुरस्थित शैक्षिक तालिम केन्द्रको आइसोलेसनमा ल्याउने तयारी भइरहेको उनले बताए ।

गाउँपालिकाका स्वास्थ्य संयोजक सुरेन्द्र साहका अनुसार हर्दिया प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टिनमा बसेका ३९ जनाको जेठ २३ गते स्वाब संकलन गरिएको थियो ।

जसमध्ये पाँच जनामा संक्रमण पुष्टि भएको उनले बताए । साहका अनुसार संक्रमित पुष्टि भएका सबै जना भारतबाट आएका हुन् ।अनलाइनखबर

ताजा खबर

शिवम् अटो ह्वील्स अत्तरिया–महिन्द्रा ग्राहकको विशेष उत्सव

हेमा भट्ट, माघ ११, कैलाली  महिन्द्रा गाडी प्रयोगकर्ताहरूका लागि प्रतिक्षित...

मोबाइल चिन्हसहित स्वतन्त्र आम–जनतापाटिबाट लक्ष्मी कुमारी बिष्ट भट्टको उम्मेदवारी

हेमा भट्ट, माघ १०, कञ्चनपुर कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र...

कञ्चनपुर उद्योग वाणिज्य संघको नेतृत्व हस्तान्तरण, विकास र सहकार्यको नयाँ अध्याय

हेमा भट्ट, माघ ९, कञ्चनपुर कञ्चनपुर । कञ्चनपुर जिल्लाको उद्योग,...

मर्निङ्ग ग्लोरी कस्मिट ब्रेन हाजिरीजवाफ प्रतियोगिता ः महेन्द्रनगर नमुना मावि९साधारण स्कुल० प्रथम

धनसिह धामी कञ्चनपुर ६ माघ । कञ्चनपुरको एक निजी विद्यालयले हाजिरीजवाफ...

रमेश लेखक पक्षधर नेता कार्यकर्ताद्वारा दोधारामा गगन र विश्वप्रकासको पुत्ला दहन

कञ्चनपुर, ६ माघ । कञ्चनपुर निर्वाचन क्षेत्र ३मा रमेश लेखकलाई...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?