जिल्ला अस्पताल अछामको आइसोलेसन क्षेत्र सिल,कारण यस्तो !

महेन्द्रनगर । जिल्ला अस्पताल मंगलसैन अछामको आइसोलेसन क्षेत्र सिल गरीएको छ ।

जिल्ला प्रशासन कार्यालयले समुदायस्तरमा कोरोना भाइरस संक्रमणको जोखीमलाई मध्यनजर गर्दै शुक्रवारदेखी लागु हुने गरी अर्को सुचना नआउँदा सम्मका लागी आइसोलेसन क्षेत्र सिल गरेको हो ।

जिल्ला प्रशासन कार्यालय अछामका अनुसार  १२ जना कोरोना संक्रमितको उपचार जिल्ला अस्पताल मंगलसैनको आइसोलेसन वार्डमा भैरहेको र आइसोलेसनमा विरामी ल्याउने,लैजाने क्रम चलिनै रहने भएकोले भाइरसको संक्रमण समुदायस्तरमा फैलन नदिन आइसोलेसन क्षेत्र सिल गरीएको हो ।

आइसोलेसनमा संक्रमित ल्यनउने लैजाने काम भैरहने हुदाँ समुदायस्तरमा संकमणको जोखिम भएकोले अर्को सुचना नआउँदा सम्मका लागी आइसोलेसनको पूर्वमा बुढाखोला,पश्चिममा मष्टाको मन्दिर,उत्तरमा उक्त अस्पतालको उत्तर तर्फको पर्खाल, दक्षिणमा रेडक्रस सम्मको क्षेत्र सिल गरीएको प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले बताए ।

उनले भने ‘आज बाट लागु हुने गरी अर्को सुचना नआउँदा सम्मका लागी उत्त क्षेत्र सिल गरीएको छ ।’

No photo description available.

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?