अछामका कोरोना सङ्क्रमितको सम्पर्कमा आएका २ सय बढीकोे स्वाव संकलन गरीयो

महेन्द्रनगर । अछाममा २ सय बढीको स्वाव संकलन गरी परिक्षणका लागी सेती प्रादेशीक अस्पतालमा पठाइएको छ ।

मंगलवार जिल्लामा देखिएका नयाँ १० जना संक्रमितको सम्पर्कमा आएका २ सय १७ जनाको स्वाव संकलन गरी परिक्षणका लागी धनगढी स्थित सेती प्रादेशीक अस्पतालमा पाठाइएको प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले बताए ।

उनले भने ‘मंगलवार देखीएका नयाँ १० जना संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाव संकलन गरी परिक्षणका लागी आजै पठाइएको छ ।’ ‘ती नयाँ संक्रमित केही दिन अगाडी भारतबाट आएकाले उनिहरुको सम्पर्कमा धेरै जना आएका हुन् ।’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने ।

मंलवार एकैदिन अछाममा थप १० जनामा कोरोना संक्रमण पुष्टी भए संगै जिल्लामा संक्रमीतको सख्या १३ पुगेको छ ।

नयाँ संक्रमीत हुनेमा मेल्लेख गाउँपालिकाका–४, कुष्कोटका आठ जना, चौरपाटी गाउँपालिका–२ का एक जना र अछाम जिल्ला अस्पतालका एक जना एम्बुलेन्स चालक गरी १० जनामा कोरोना पुष्टी भएको थियो ।

हाल ती सबै संक्रमीतहरुलाई जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार भैरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । फाइल तस्विर 

ताजा खबर

जेन्जि आन्दोलनमा सहिद भएका जाेशीकाे परिवारलाई युवाहरुबाट संकलित रकम हस्तान्तरण 

महेन्द्रनगर,२८ कार्तिक। गत २३ र २४ गते भदाै काठमाडौमा भएको...

एलबिएद्धारा पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च

धर्मराज कठायत, कार्तिक २७ कञ्चनपुरको एक संस्थागत (निजी) विद्यालयले नेपाल...

मंगलबार झलारीमा शुक्लाफाँटा कृषि व्यापार मेला

कल्पना साउद, कार्तिक २४ मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि,...

भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग

आदित्य जोशी, कञ्चनपुर, कार्तिक २४ भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल...

सवारी दुर्घटना न्यूनिकरण गर्न भवानी कालिकाको प्रयास

धर्मराज कठायत कञ्चनपुर, कार्तिक २४ कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?