अछामका कोरोना सङ्क्रमितको सम्पर्कमा आएका २ सय बढीकोे स्वाव संकलन गरीयो

महेन्द्रनगर । अछाममा २ सय बढीको स्वाव संकलन गरी परिक्षणका लागी सेती प्रादेशीक अस्पतालमा पठाइएको छ ।

मंगलवार जिल्लामा देखिएका नयाँ १० जना संक्रमितको सम्पर्कमा आएका २ सय १७ जनाको स्वाव संकलन गरी परिक्षणका लागी धनगढी स्थित सेती प्रादेशीक अस्पतालमा पाठाइएको प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले बताए ।

उनले भने ‘मंगलवार देखीएका नयाँ १० जना संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाव संकलन गरी परिक्षणका लागी आजै पठाइएको छ ।’ ‘ती नयाँ संक्रमित केही दिन अगाडी भारतबाट आएकाले उनिहरुको सम्पर्कमा धेरै जना आएका हुन् ।’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने ।

मंलवार एकैदिन अछाममा थप १० जनामा कोरोना संक्रमण पुष्टी भए संगै जिल्लामा संक्रमीतको सख्या १३ पुगेको छ ।

नयाँ संक्रमीत हुनेमा मेल्लेख गाउँपालिकाका–४, कुष्कोटका आठ जना, चौरपाटी गाउँपालिका–२ का एक जना र अछाम जिल्ला अस्पतालका एक जना एम्बुलेन्स चालक गरी १० जनामा कोरोना पुष्टी भएको थियो ।

हाल ती सबै संक्रमीतहरुलाई जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार भैरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । फाइल तस्विर 

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?