कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना संक्रमण,ती मध्ये ९ जना अछामका

सुर्खेत । कर्णाली प्रदेशमा मंगलबार थप २९ जना कोरोना भाइरस (कोभिड–१९)का संक्रमित थपिएका छन् । ती मध्य ९ जना अछाम जिल्लाका रहेका छन् ।

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२९ जनामध्ये सुर्खेतका ११ जना, सल्यान र अछामका ९/९ जना रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

अछामको मंगलसेन नगरपालिका –४ का २३ वर्षीय पुरुष, मेल्लेख गाउँपालिका– ४ का २२, २४, २७,२९, ३५ र ४० वर्षीया पुरुष, २७ र ३० वर्षका महिलामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै वीरेन्द्रनगर नगरपालिका–१ का १७ देखि ५० वर्षसम्मका ८ जना, वडानम्बर ३ का १४ देखि ३३ वर्षसम्मका ३ जना रहेका छन् ।

सल्यानको दार्मा गाउँपालिका–१ का ३६ र ४८ वर्षका दुई पुरुष, वडानम्बर २ का ३६ र ४८ वर्षका दुई पुरुष, वडानम्बर ३ का ३५ र ३९ वर्षका पुरुष, वडानम्बर ४ का ३८, ४० र ५० वर्षका ४ जना पुरुष रहेका छन् ।

नयाँ पुष्टि भएकाहरूसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २६२ पुगेको छ । अनलाइखबर

ताजा खबर

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

सुदूरपश्चिमका हेमराज भट्ट रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित, १,१३७ मतसहित पहिलो महाधिवेशनमै ऐतिहासिक सफलता

काठमाडौं, १२ असार  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट...

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहबाट २४८९ विद्यार्थी दीक्षित हुँदै

कञ्चनपुर ११ असार सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो छैटौँ दीक्षान्त समारोह शुक्रबार...

स्वास्थ्य स्वयंसेविका तथा कर्मचारीलाई झोला वितरण

कञ्चनपुर ११ असार कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ३...

वेदकोट नगरपालिकाको १९ औँ नगरसभा सम्पन्न, १ अर्ब ३ करोडभन्दा बढीको बजेट सार्वजनिक

कञ्चनपुर १० असार कञ्चनपुरको वेदकोट नगरपालिकाले १९ औँ नगरसभा सम्पन्न...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?