बैतडी: क्वारेन्टिनमा बसेकी महिलाको मृत्यु

महेन्द्रनगर । बैतडीको एक क्वारेन्टिनमा बसेकी महिलाको मृत्यु भएको छ । १६ जेठमा गौरिफण्टा नाकाबाट नेपाल प्रवेश गरेकी पुर्चौडी नगरपालिका–४ भटनाकी २२ बर्षिया सुनिता लुहारको मंगलबार बिहान मृत्यु भएको हो ।

मालिका माध्यमिक विद्यालयको क्वारेन्टिनमा उनको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । स्थानीय वासिन्दाका अनुसार मृतक लामो समयदेखि मुटु रोगी रहेको र उपचारका लागि भारतको पिथौरागढमा जाने गरेकी थिइन् ।

मृतकको १८ महिने बच्चा र श्रीमान पनि क्वारेन्टिनमै बसिरहेका छन् । कोरोना परीक्षणका लागि मृतककोस्वाव संकलन गर्न स्वास्थ्य टोली पठाइएकोे नेगीले बताए । मृतकका श्रीमान र बच्चाको पनि स्वाब संकलन गरिने बताइएको छ ।मानसखण्ड

ताजा खबर

ब्राईट लाईफ एजुगेशन प्रालि र जिआरडीको सयुक्त आयोजनामा प्राविधिक शिक्षा बारे अभिमुखिकरण

कञ्चनपुर, ६ जेठ । कञ्चनपुरको महेन्द्रनगरमा प्राविधिक शिक्षा बारे सरोकारवालालाई...

शुक्लाफाँटा नगरका मेयर महराको तीन बर्षे कार्यकालका उपलब्धी सार्वजनिक

कञ्चनपुर, ५ जेठ । कञ्चनपुरको एक स्थानीय सरकारले तीन बर्षे...

महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालन 

कञ्चनपुर, जेठ २  कञ्चनपुरकोे महेन्द्रनगरमा सुविधा सम्पन्न एक मण्टेश्वरी विद्यालय...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर, ३१ वैसाख कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?