मन्त्रालयको विवरण त्रुटिपूर्ण, कुल संक्रमितको संख्या २४५ नै

काठमाण्डौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान ७ः४५ बजे जारी गरेको विज्ञप्तिमा कोभिड–१९ पुष्टिको विवरण दोहोरिएको पाइएको छ । आज बिहान मन्त्रालयले निकालेको विवरणमा धनुषा, महोत्तरी र सर्लाहीमा थप ५ जनामा संक्रमण पुष्टि गरेको विवरण त्रुटिपूर्ण पाहिएको छ ।

धनुषामा २, महोत्तरीमा २ र सर्लाहीमा १ गरी ५ जनामा कोरोना संक्रमण भएको पुष्टि मन्त्रालयले मंगलबार नै गरिसकेको थियो ।

आज बिहीबार मन्त्रालयले तीनवटै जिल्लाका उही व्यक्तिलाई ठाउँमात्रै खुलाएर ५ जनामा थप संक्रमण देखिएको विज्ञप्ति निकालेको छ ।

जिल्लामा कोरोना संक्रमणको संख्या थपिएको नभई मन्त्रालयको सुचनामा त्रुटि भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।

जिल्लाका फोकल पर्सन गिरेन्द्र झाले पनि जिल्लामा नयाँ व्यक्ति नथपिएका र मन्त्रालयको सुचना त्रुटिपूर्ण भएको बताए । महोत्तरीमा संक्रमण ४ पुग्यो भन्दै आएका समाचार भ्रमपूर्ण रहेको पनि झाले बताए ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीेले पनि प्रेस विज्ञप्ती नै जारी गरी त्रुटी भएको स्वीकार गरेका छन् । उनले कुल संक्रमितको संख्या २४५ नै रहेको स्पष्ट पारेका छन् ।कान्तिपुर 

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?