तीन दिन अघि कञ्चनपुर बाट काठमाण्डौँ गएकी कारोना संक्रमित महिलाले प्रशासनबाट पास नलिएको पुष्टि

महेन्द्रनगर । काठमाण्डौँमा कोरोना संक्रमित देखिएकी कञ्चनपुरको बेदकोट नगरपालिका–१० हरपालकी ३३ वर्षीय महिलाले सवारी पास नलिएको पुष्टि भएको छ ।

विभिन्न सामाजिक सञ्जालमा ती महिलाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट सवारी पास लिएर काठमाण्डौँ गएको खबर प्रकाशित भएको छ ।

यद्यपी ती महिलाले प्रशासनबाट सवारी पास नलिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । कञ्चनपुरबाट तीन दिन अगाडी काठमाण्डौँ गएकी बेदकोट–१० की ती कोरोना संक्रमित महिलाको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट पास जारी नभएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रशाद उपाध्यायले बताए ।

उनले भने ‘ विभिन्न सामाजिक सञ्जालमा कञ्चनपुरबाट सवारी पास लिएर ती महिला काठमाण्डौँ गएको भन्ने खबर आएको छ तर यस कार्यालय बाट निजको पास जारी भएको छैन ।’ उनले थपे ‘हाल ती महिलाको कन्ट्याक्ट ट्रेसिङ भैरहेको छ ।’

संक्रमित महिला वैशाख २९ गते महेन्द्रनगरबाट निजी गाडीमा एक छोरा एक छोरीसंग काठमाडौँ गएकी थिइन् । स्वास्थ्य चेकजाँचका क्रममा काठमाडौँमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनी अहिले टेकु अस्पतालको आइसोलेसन वार्डमा छिन् ।

Image may contain: text

ताजा खबर

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?