तीन दिन अघि कञ्चनपुर बाट काठमाण्डौँ गएकी कारोना संक्रमित महिलाले प्रशासनबाट पास नलिएको पुष्टि

महेन्द्रनगर । काठमाण्डौँमा कोरोना संक्रमित देखिएकी कञ्चनपुरको बेदकोट नगरपालिका–१० हरपालकी ३३ वर्षीय महिलाले सवारी पास नलिएको पुष्टि भएको छ ।

विभिन्न सामाजिक सञ्जालमा ती महिलाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट सवारी पास लिएर काठमाण्डौँ गएको खबर प्रकाशित भएको छ ।

यद्यपी ती महिलाले प्रशासनबाट सवारी पास नलिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । कञ्चनपुरबाट तीन दिन अगाडी काठमाण्डौँ गएकी बेदकोट–१० की ती कोरोना संक्रमित महिलाको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट पास जारी नभएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रशाद उपाध्यायले बताए ।

उनले भने ‘ विभिन्न सामाजिक सञ्जालमा कञ्चनपुरबाट सवारी पास लिएर ती महिला काठमाण्डौँ गएको भन्ने खबर आएको छ तर यस कार्यालय बाट निजको पास जारी भएको छैन ।’ उनले थपे ‘हाल ती महिलाको कन्ट्याक्ट ट्रेसिङ भैरहेको छ ।’

संक्रमित महिला वैशाख २९ गते महेन्द्रनगरबाट निजी गाडीमा एक छोरा एक छोरीसंग काठमाडौँ गएकी थिइन् । स्वास्थ्य चेकजाँचका क्रममा काठमाडौँमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनी अहिले टेकु अस्पतालको आइसोलेसन वार्डमा छिन् ।

Image may contain: text

ताजा खबर

एसईई उत्र्तिण विद्याथीलाई एलबिएको सम्मान

कञ्चनपुर, असार २८ कञ्चनपुरकोे एक निजी विद्यालयले माध्यामिक परीक्षा...

माओवादी केन्द्र भीमदत्त नगर ५को सम्मेलन, अध्यक्षमा तिरुवा

 कञ्चनपुर, असार २८ नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका ५नम्बर वडाको...

नवराज भट्टको काँधमा बैजनाथ मावि पिटिए

डिल्लीराज पन्त, असार २७ कञ्चनपुर महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालय...

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?