लिपुलेकमा सशस्त्रको फौज राख्न काठमाडौै‌ंबाट उड्यो सेनाको हेलिकोप्टर

काठमाडौं । सरकारले कालापानी नजिकै दार्चुलाको छाङरु क्षेत्रमा सशस्त्र प्रहरी बलको फौज (बिओपी) राख्ने भएको छ।

पोष्ट स्थापनाका लागि नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ प्रस्थान गरेको छ। गृहमन्त्रीको निर्देशनमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा.डा. इन्द्रजीत राई र सशस्त्रका एआइजी ईश्वरबाबु थापा काठमाडौंबाट दार्चुला गएका छन्। राई र थापाको टोली दार्चुला पुगेर त्यहाँबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीको टोली लिएर छाङरु जाने छ ।

नेपाली भूमि लिपुलेकमा भारतले एकतर्फी सडक बनाएपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली खटाउने भएको हो ।

भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी भारतले उद्घाटन गरेपछि सीमा रक्षाका लागि सरकारले त्यस क्षेत्रमा सशस्त्रको टोली खटाउन लागेको हो ।

छाङरु भारतीय सीमाबाट एक किलोमिटरको दूरीमा पर्छ भने चीनको सीमा क्षेत्र १४ किलोमिटरको दूरीमा रहेको छ ।

पहिलो चरणमा सीमा निगरानी चौकीमा २५ जना सशस्त्र प्रहरी खटिने जनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टकाअनुसार प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा टोली पठाउने तयारी गरिएको छ ।

छाङरु जाने टोलीका लागि आवश्यक पर्ने बन्दोबस्तीका सामग्री तयार गरिएको छ। स्थानीय एक व्यक्तिको घर भाडामा लिएर विओपी बस्ने तयारी गरिएको छ । छाङरुमा १ सय ५ घरधुरी रहेका छन् ।थाहाखबर

फाइल फोटो

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?