रणनीति बनाउन प्रचण्ड र नेपालसहित चार नेता हात्तीवनमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद मत्थर भए पनि अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको भूमिकाप्रति अन्य नेताले आशंका गरिरहेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल स्थायी समिति बैठकको रणनीति बनाउन जुटेका छन् ।

प्रचण्ड, नेपालसहित सचिवालयमा रहेका अर्का वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच सोमबार बिहान दुई घण्टा छलफल भएको हो।

प्रचण्ड, नेपाल, खनाल प्रवक्ता श्रेष्ठको निवास हात्तीवन पुगेका थिए। अध्यक्ष ओलीले सचिवालय बैठकमा आत्मालोचनासहित गरेका प्रतिबद्धताको अक्षरशः कार्यान्वयनको प्रस्ताव स्थायी समितिमा आउनुपर्नेबारे छलफल भएको हो।

‘प्रधानमन्त्रीले सचिवालयमा जनाएको प्रतिबद्धताअनुसारको प्रस्ताव आउँछ/आउन्न। त्यसका लागि दबाब बढाउनुपर्छ। स्थायी समिति सदस्यहरूले आफूलाई लागेका कुरा भन्न पाउनुपर्छ भन्नेमा छलफल भएको हो’, बैठकमा सहभागी एक नेताले भने।

स्थायी समिति बैठक माग गरेका २० सदस्यले छुट्टै पूरक प्रस्ताव तयार पार्ने र त्यो बैठकमा पेस गर्ने जानकारी प्रचण्ड र नेपाललाई दिएका थिए। त्यसबारे के गर्ने भन्ने विषयमा छलफल गर्न उनीहरू श्रेष्ठ निवासमा जुटेका हुन्।

अध्यादेश प्रकरणपछि स्थायी समिति बैठक माग गर्नेमा प्रचण्ड र नेपाल पक्षका नेताहरू थिए। उनीहरू शनिबारको सचिवालय बैठकमा भएको समझदारीप्रति सन्तुष्ट देखिएका छैनन्।

 

स्थायी समितिमा आफ्ना विषय प्रस्टसँग राख्न पाउनुपर्ने भन्दै उनीहरूले दबाब बढाएका छन्। नेपालले आइतबार आफूनिकट स्थायी समिति सदस्यसँग भेट गरेका थिए। उनले सोमबार प्रचण्ड पक्षका स्थायी समिति सदस्यसँग छलफल चलाए।

स्थायी समिति सदस्य हरिबोल गजुरेलले पहिले अध्यक्षको प्रस्ताव हेरेर सामूहिक पूरक प्रस्ताव ल्याउन छलफल गरिरहेको बताए।

‘पहिले स्थायी समितिमा अध्यक्षको प्रस्ताव कसरी आउँछ, अध्यादेशको विषय त्यहाँ आउँला। त्यसपछिको घटनाक्रम के कसरी व्याख्या गरेर आउँछ। पार्टी सञ्चालन र सरकार सञ्चालनका विधिहरू कसरी समेटिन्छन् रु हामी हेर्छौं’, उनले भने, ‘त्यसपछि पूरक प्रस्ताव हामी बैठक माग गर्ने सबै नेताहरुका तर्फबाट सामूहिक राख्न सक्छौं।’अन्नपुर्ण

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?