२०२० को अन्तिमसम्ममा कोरोनाको खोप बन्छःअमेरिकी राष्ट्रपति ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को अन्तिमसम्ममा कोरोना भाइरस (कोभिड–१९) को खोप तयार हुने बताएका छन् । टेलिभिजन च्यानल फक्स न्युजलाई दिएको अन्तर्वार्तामा उनले यस वर्षको अन्तिममा यो खोप आउनेमा आफू विश्वस्त रहेको बताएका हुन् ।

विद्यालय खोल्ने विषयमा बोल्दै ट्रम्पले उमेर अलि बढी भएका शिक्षकलाई संक्रमण हुने जोखिम भए पनि विद्यालय खोल्नु जरुरी रहेको बताएका छन् ।

कोरोना भाइरसको विषयलाई लिएर ट्रम्पले अन्तर्वार्तामा विपक्षी डेमोक्रेटिक नेताहरुको आलोचना पनि गरेका थिए । कोरोना भाइरसको कारण अमेरिकाको अवस्था कमजोर भए विपक्षीलाई राजनीतिक हिसाबमा फाइदा पुग्ने ट्रम्पको आरोप छ ।

यसअघि उनले सुझाउँदै आएको कोरोना भाइरसको औषधि हाइड्रोक्सिक्लोरोक्विनको विषयमा भने यो औषधि निर्माण गर्ने कम्पनीसँग आफ्नो कम्पनीको शेयर नरहेको बताए । उनले यो औषधि प्रयोगमा कुनै नोक्सानी नरहेको र यसको प्रयोगले कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा पनि कमी आएको उनको दाबी छ ।

कोरोना भाइरस नियन्त्रणको लागि समयमा नै सही कदम नउठाएको आरोप खेपिरहेका ट्रम्पले आफ्नो गुप्तचरले सही सूचना नदिएको कारण समयमा नै प्रभावकारी कदम चाल्न नसकिएको बताए । उनका अनुसार जनवरी २३ मा गुप्तचर स्रोतले अमेरिकामा भाइरस आउन सक्ने भए पनि त्यतिबेला लकडाउन गर्नु जरुरी नरहेको जानकारी दिएको उल्लेख गरे ।

उनले त्यसभन्दा अगाडि नै चीनबाट आउने जहाज रोकेर भाइरस नियन्त्रणको लागि प्रयास शुरु गरेको भन्दै आफ्नो बचाउ गरे ।

स्रोतः बीबीसी

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?