२०२० को अन्तिमसम्ममा कोरोनाको खोप बन्छःअमेरिकी राष्ट्रपति ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को अन्तिमसम्ममा कोरोना भाइरस (कोभिड–१९) को खोप तयार हुने बताएका छन् । टेलिभिजन च्यानल फक्स न्युजलाई दिएको अन्तर्वार्तामा उनले यस वर्षको अन्तिममा यो खोप आउनेमा आफू विश्वस्त रहेको बताएका हुन् ।

विद्यालय खोल्ने विषयमा बोल्दै ट्रम्पले उमेर अलि बढी भएका शिक्षकलाई संक्रमण हुने जोखिम भए पनि विद्यालय खोल्नु जरुरी रहेको बताएका छन् ।

कोरोना भाइरसको विषयलाई लिएर ट्रम्पले अन्तर्वार्तामा विपक्षी डेमोक्रेटिक नेताहरुको आलोचना पनि गरेका थिए । कोरोना भाइरसको कारण अमेरिकाको अवस्था कमजोर भए विपक्षीलाई राजनीतिक हिसाबमा फाइदा पुग्ने ट्रम्पको आरोप छ ।

यसअघि उनले सुझाउँदै आएको कोरोना भाइरसको औषधि हाइड्रोक्सिक्लोरोक्विनको विषयमा भने यो औषधि निर्माण गर्ने कम्पनीसँग आफ्नो कम्पनीको शेयर नरहेको बताए । उनले यो औषधि प्रयोगमा कुनै नोक्सानी नरहेको र यसको प्रयोगले कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा पनि कमी आएको उनको दाबी छ ।

कोरोना भाइरस नियन्त्रणको लागि समयमा नै सही कदम नउठाएको आरोप खेपिरहेका ट्रम्पले आफ्नो गुप्तचरले सही सूचना नदिएको कारण समयमा नै प्रभावकारी कदम चाल्न नसकिएको बताए । उनका अनुसार जनवरी २३ मा गुप्तचर स्रोतले अमेरिकामा भाइरस आउन सक्ने भए पनि त्यतिबेला लकडाउन गर्नु जरुरी नरहेको जानकारी दिएको उल्लेख गरे ।

उनले त्यसभन्दा अगाडि नै चीनबाट आउने जहाज रोकेर भाइरस नियन्त्रणको लागि प्रयास शुरु गरेको भन्दै आफ्नो बचाउ गरे ।

स्रोतः बीबीसी

ताजा खबर

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

झलारी। शुक्लाफाँटा नगरपालिकामा एकिकृत फोहर व्यवस्थापन केन्द्र निर्माणको काम...

शुक्लाफाँटामा व्यवसाय सचेतना तालिम सुरु

झलारी। शुक्लाफाँटा नगरपालिकाको आयोजनामा ८ दिने उद्यमशिलता विकास तथा...

शुक्लाफाँटा नगरपालिकाका सामुदायिक विद्यालयहरुमा अतिरिक्त कक्षा संचालनमा

झलारी। शुक्लाफाँटा नगरपालिकाका सामुदायिक विद्यालयहरुमा संचालित अतिरिक्त कक्षाको अनुगमन...

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

झलारी। शुक्लाफाँटा नगरपालिका–१० को कार्यालयले ४० परिवारको निःशुल्क स्वास्थ्य...

मणिकाधामलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्छौः नगर प्रमुख महरा

झलारी। शुक्लाफाँटा नगरपालिका–८ स्थित मणिकाधामलाई धार्मिक पर्यटकीय स्थलको रुपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?