महाकाली यातायात समितिद्धारा काठमाडौँमा घर भाडा गरी बस्ने कञ्चनपुरबासीलाई आज घर ल्याइदै

महेन्द्रनगर । विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस रोकथामका लागी देश एक महिना देखी लकडाउन गरीएको छ ।

लकडाउनका कारण सर्वसाधारण सबैको जनजीवन प्रभावित बनेको छ । दैनिक ज्याला मजदुरी गरी गुजारा गर्ने र घर भाडा गरी अध्ययन गर्ने विद्यार्थी बढी प्रभावित बनेका छन् ।

काठमाण्डौँमा घर भाडा गरी पढ्ने तथा काम गर्ने कञ्चनपुरबासीको समस्यालाई मध्यनजर गर्दै कञ्चनपुर स्थित महाकाली सेती यातायत समितिले उनिहरुलाई घर ल्याउन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको समन्वयमा गाडी काठमाण्डौँ पठाएको छ ।

काठमाण्डौमा घरभाडा गरी बस्ने कञ्चनपुरबासी भोकभोकै बस्नु नपरोस भन्ने उद्देश्यले प्रहरी संग समन्वय गरी उनिहरुलाई घर ल्याउन ६ गाडी पठाएको र महाकाली सेती यातायात समितिका अध्यक्ष डम्मर पन्तले बताए ।

उनले भने ‘हामीले काठमाण्डौँमा फसेका घर जान चाहने कञ्चनपुरबासीलाई घर ल्याउन गाडी पठाएका छौ र गाडी आज फर्कन्छ ।’उनले थपे ‘तर ६ गाडीले मात्र पुग्दैन यात्रुको संख्या धेरै छ । र थप अरु गाडी पठाउन समन्वय प्रहरी तथा प्रशासन संग समन्वय गरीरहेका छौ ।’

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?