महाकाली यातायात समितिद्धारा काठमाडौँमा घर भाडा गरी बस्ने कञ्चनपुरबासीलाई आज घर ल्याइदै

महेन्द्रनगर । विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस रोकथामका लागी देश एक महिना देखी लकडाउन गरीएको छ ।

लकडाउनका कारण सर्वसाधारण सबैको जनजीवन प्रभावित बनेको छ । दैनिक ज्याला मजदुरी गरी गुजारा गर्ने र घर भाडा गरी अध्ययन गर्ने विद्यार्थी बढी प्रभावित बनेका छन् ।

काठमाण्डौँमा घर भाडा गरी पढ्ने तथा काम गर्ने कञ्चनपुरबासीको समस्यालाई मध्यनजर गर्दै कञ्चनपुर स्थित महाकाली सेती यातायत समितिले उनिहरुलाई घर ल्याउन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको समन्वयमा गाडी काठमाण्डौँ पठाएको छ ।

काठमाण्डौमा घरभाडा गरी बस्ने कञ्चनपुरबासी भोकभोकै बस्नु नपरोस भन्ने उद्देश्यले प्रहरी संग समन्वय गरी उनिहरुलाई घर ल्याउन ६ गाडी पठाएको र महाकाली सेती यातायात समितिका अध्यक्ष डम्मर पन्तले बताए ।

उनले भने ‘हामीले काठमाण्डौँमा फसेका घर जान चाहने कञ्चनपुरबासीलाई घर ल्याउन गाडी पठाएका छौ र गाडी आज फर्कन्छ ।’उनले थपे ‘तर ६ गाडीले मात्र पुग्दैन यात्रुको संख्या धेरै छ । र थप अरु गाडी पठाउन समन्वय प्रहरी तथा प्रशासन संग समन्वय गरीरहेका छौ ।’

ताजा खबर

वाढीले भत्काएको सुुडा पुल ठेक्का सम्झौता अघि नै पुर्ननिर्माण 

  सुनिल राना कञ्चनपुर, २५ असार काम गरे के हुँदैन, यो उदाहरण...

वाढीले भत्किएको महेन्द्रराजमार्ग सुडा पुल समय अगावै निर्माण सम्पन्न

कञ्चनपुर, २४ असार । गत बर्ष भिषणा बर्षासंगै २३ असार...

पहिलो पटक सिद्धनाथ मन्दिरमा महाआरती हुने

कञ्चनपुरकोे महेन्द्रनगर सिद्धनाथ मन्दिर(सिद्धबाबा)मा पहिलो पटक महाआरती संचालन हुने...

मेयर ओझाद्वारा महेन्द्रनगर नमुना मावि साधारण स्कुलको अनुगमन

कञ्चनपुर, असार २२ कञ्चनपुरको एक स्थानीय सरकारका प्रमुख देखिका जनप्रतिनिधीले...

महाकाली गाईडबण्ड सन्तोषजनक ः गृहमन्त्री लेखक

उपेश सिंह धामी कञ्चनपुर २२ असार । कञ्चनपुर स्थित महाकाली गाईडबण्ड,दोधाराचाँदनी...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?