शुक्लाफाँटा– ९ द्धारा विपन्नलाई राहत वितरण

 महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ९ ले नगर क्षेत्रभित्र दैनिक ज्याला मजदुरी गरि गुजारा चलाउँदै आएका विपन्न समुदायलाई राहत वितरण गरेको छ ।

कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन सरकारले लकडाउन गरेपछि दैनिक ज्यालामजदुरी गरेर जिविका चलाउने १ सय ३० विपन्न परिवारलाई राहत वितरण गरिएको हो ।

उनीहरुको समस्यालाई मध्यनजर गर्दै वडा कार्यालयले पहिलो चरण अन्तर्गत ती परिवारलाई राहत वितरण गरिएको वडाध्यक्ष रमेश बहादुर ऐरले बताए ।

उनले भने वडाबाट ३ लाख रकम छुट्याई प्रति परिवार ३० किलो चामल, ३ किलो दाल, २ लिटर तेल, ४ साबुन र २ किलो नुन वितरण गरिएको छ ।

ताजा खबर

मंगलबार झलारीमा शुक्लाफाँटा कृषि व्यापार मेला

कल्पना साउद, कार्तिक २४ मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि,...

भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग

आदित्य जोशी, कञ्चनपुर, कार्तिक २४ भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल...

सवारी दुर्घटना न्यूनिकरण गर्न भवानी कालिकाको प्रयास

धर्मराज कठायत कञ्चनपुर, कार्तिक २४ कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना...

ग्रामिण भेगका महिलाको अधिकारको मुद्दा उठानका लागि मियो बन्दै सामुदायिक सुरक्षा जालो

कल्पना साउद कञ्चनपुर, २३ कार्तिक कञ्चनपुरका ग्रामिण भेगका महिलाको...

लक्ष्मी मावि बागफाँटामा चार कोठे भवन

शुनिल राना कार्तिक २१ महेन्द्रनगर । शुनिल राना, कार्तिक २१...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?